close

अब म्याक प्रयोगकर्ताले निशुल्क आउटलुक प्रयोग गर्न पाउने

टेकपाना टेकपाना

फागुन २३, २०७९ ११:१९

अब म्याक प्रयोगकर्ताले निशुल्क आउटलुक प्रयोग गर्न पाउने

काठमाडौं । माइक्रोसफ्टले म्याकको लागि आउटलुक निशुल्क बनाएको छ । हाल आउटलुक इमेल प्रयोग गर्नको लागि माइक्रोसफ्ट ३६५ को सब्स्क्रिप्सन अथवा माइक्रोसफ्ट अफिस खरिद गर्नुपर्ने व्यवस्था छ ।

तर अब भने म्याक एप स्टोरबाट आउटलुक इमेल डाउनलोड गरेर सहजै प्रयोग गर्न सकिनेछ । यसले प्रयोगकर्ताको कामलाई सहज बनाउने कम्पनीको धारणा छ । 

आउटलुकले विभिन्न इमेल सेवाहरू जस्तै जीमेल, आईक्लाउड, याहु मेललगायतका सेवाहरू सपोर्ट गर्छ । अर्थात यदि तपाईँ जीमेल प्रयोग गर्नुहुन्छ भने तपाईँले आफ्नो जीमेल अकाउन्टलाई आउटलुकको अकाउन्टमा प्रयोग गर्न सकिन्छ । 

पछिल्लो समयमा माइक्रोसफ्ट र एप्पलबिचको सहकार्य बढिरहेको छ ।      

पछिल्लो अध्यावधिक: फागुन २३, २०७९ ११:२०