close

महिला लघुवित्तको किस्ता खल्तीबाट भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

फागुन २८, २०७९ १५:३३

महिला लघुवित्तको किस्ता खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाडौं । खल्ती प्राइभेट लिमिटेडले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडसँग आधिकारिक सहकार्य गरेको छ । अब महिला लघुवित्तका ग्राहकहरूले खल्ती वालेटबाट आफ्नो मासिक किस्ता (ईएमआई) तिर्न सक्ने छन् । 

खल्ती र महिला लघुवित्त वित्तीय संस्था दुवैले महिला सशक्तिकरण र डिजिटल वित्तीय साक्षरताका लागि सहकार्य पनि बताइएको छ । 

यो साझेदारीसँगै अब ग्राहकले शाखा कार्यालयमा नगइ ऋण तिर्नसक्ने र खल्तीका अन्य डिजिटल सेवाहरू पनि प्राप्त गर्न सक्ने बक्पनीले जनाएको छ । 

यस सहकार्यमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए, "प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ । ग्राहकहरूलाई डिजिटल 

प्लेटफर्म मार्फत आफ्नो ईएमआई तिर्न सहज हुने भएकाले डिजिटल कारोबारलाई तिब्र गतिमा प्रभावकारी बनाउँदै यो सुविधा उपलब्ध गराईएको हो ।” 
 

पछिल्लो अध्यावधिक: फागुन २८, २०७९ १५:३३