close

फोनको स्क्रिन साधा बनाउन चाहनुहुन्छ ? यस्तो छ प्रक्रिया

टेकपाना टेकपाना

चैत १, २०७९

फोनको स्क्रिन साधा बनाउन चाहनुहुन्छ ? यस्तो छ प्रक्रिया

काठमाडौं । ९० दशकभन्दा अगाडिका फिल्महरू हेर्नु भयो स्क्रिन साधा अथवा श्यामस्वेत देखिन्छ । पछि रङ्गिन फिल्मको प्रचलन सुरु भयो । यसपछि रङ्गिन स्क्रिनमा रङ्गिन फिल्म हेर्न बानी परेका हामीलाई साधा वा ब्ल्याक एन्ड ह्वाइट स्क्रिनमा फिल्म हेर्दा खल्लो लाग्न सक्छ । 

तर, यस्ता स्क्रिन कलर ब्लाइन्डनेस वा भनौं रङ्गअन्धो हुने मान्छेहरूका लागि उपयुक्त हुन्छ । यदि तपाईँलाई नि कलर ब्लाइन्डनेस छ भने नयाँ स्मार्टफोनको स्क्रिन ब्ल्याक एन्ड ह्वाइट अर्थात ग्रेस्केल बनाउन सकिन्छ । आज हामी विभिन्न स्मार्टफोनमा कसरी ग्रेस्केल स्क्रिन राख्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।

आईफोनमा यसरी बनाउनुहोस् ग्रेस्केल स्क्रिन:

आईफोनको स्क्रिनमा ग्रेस्केल बनाउने प्रक्रिया निकै सजिलो छ । त्यसका लागि तलका तरिका अपनाउनुहोस् ।

-   सबैभन्दा पहिले सेटिङमा जानुहोस् ।

-   त्यसपछि एक्सेसिबिलिटीको अप्सन छान्नुहोस् ।

-   यति गरेपछि डिस्प्ले एन्ड टेक्स्ट साइजमा जानुहोस् ।

-   अनि कलर फिल्टरको अप्सनमा क्लिक गर्नुहोस् ।

-   यति गरेपछि ग्रेस्केलको अप्सन छान्नुहोस् ।

यसरी आईफोनमा ग्रेस्केल स्क्रिन सेट गर्न सकिन्छ । त्यसबाहेक पनि आईफोनमा ग्रेस्केल स्क्रिन गर्ने थुप्रै तरिकाहरू छन् ।

सामसङ लगायत अन्य एन्ड्रोइड फोनमा यसरी सेट गर्नुहोस् ग्रेस्केल स्क्रिन:

स्मार्टफोन निर्माता कम्पनीले आआफ्नै तरिकाले ग्रेस्केल सेट गर्ने फिचर ल्याएका छन् । अधिकांश एन्ड्रोइड फोनमा ग्रेस्केल स्क्रिन सेट गर्न तलको प्रक्रिया अपनाउन सकिन्छ ।

-   सबैभन्दा पहिले सेटिङमा जानुहोस् ।

-   अनि एडिस्नल सेटिङको अप्सन छान्नुहोस् ।

-   त्यसपछि एक्सेसिबिलिटीको अप्सनमा गएर भिजनको अप्सन छान्नुहोस् ।

-   यति गरेपछि कलर करेक्सनको अप्सन अन गरेर ग्रेस्केलको अप्सन् छान्नुहोस् ।

यति तपाईँको डिभाइसमा यो प्रक्रियाले काम गरेन भने सोझै सेटिङको सर्चबारमा जानुहोस् । अनि ग्रेस्केल (Greyscale) टाइप गर्नुहोस् । अनि त्यहाँ देखाइएको ग्रेस्केलको अप्सन छान्नुहोस् । यति गरेपछि तपाईँको डिभाइसको स्क्रिन साधा देखिनेछ । यसरी विभिन्न डिभाइसमा ग्रेस्केलको अप्सन छान्न सकिनेछ ।

 

 

पछिल्लो अध्यावधिक: चैत १, २०७९