close

राष्ट्रपतिको फोटोमा फर्कियो कालो कोठी !

टेकपाना टेकपाना

चैत १, २०७९ १४:३१

राष्ट्रपतिको फोटोमा फर्कियो कालो कोठी !

काठमाडौं । सामाजिक सञ्जालमा अत्यधिक आलोचना भएपछि राष्ट्रपति कार्यालयकाे वेबसाइटमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको फोटो परिवर्तन भएकाे छ । अत्यधिक सम्पादन गर्दै राखिएको उक्त फोटोबाट कोठी गायब पारिएको थियो ।

सम्पादन भएको राष्ट्रपतिको फोटोमा अनुहार चमक देखाउन आवश्यकताभन्दा बढी सम्पादन गरिएको देख्न सकिन्थ्यो । जहाँ उनको दायाँ र बायाँ गालामा रहेका ठूलो कोठी हटाइएको थियो ।

साथै गालामा चाउरी परेका भागलाई हटाएर रुस्टपुस्ट फोटो राखिएको थियो । मानिसको अनुहारमा भएका कोठी नै उसको पहिचान हुने भन्दै कोठी हटाइएको विषयमा थुप्रैले आलोचना गरेका थिए ।

अहिले भने राष्ट्रपति कार्यालयको वेबसाइटमा कम सम्पादन गरिएको फोटो राखिएको छ । यस्तो औपचारिक फोटो देशभरका सरकारी कार्यालयमा राख्ने प्रचलन छ । परिवर्तन भएको नयाँ फोटोमा पौडेलका दुवै गालाका कोठी स्पष्ट देख्न सकिन्छ ।

त्यसबाहेक पनि उनको अनुहारमा रहेका चाउरी परेका भागलाई यथावत् राखिएको देख्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: चैत १, २०७९ १४:५१