close

न्यूजिल्यान्डमा पनि टिकटकमाथि प्रतिबन्ध

टेकपाना टेकपाना

चैत ४, २०७९ १३:१७

न्यूजिल्यान्डमा पनि टिकटकमाथि प्रतिबन्ध

काठमाडौं । न्यूजिल्यान्डले पनि सरकारी डिभाइसहरूमा टिकटक चलाउन राेक लगाएकाे छ । अमेरिका, बेलायत लगायतका देशले सरकारी डिभाइसहरूमा टिकटकमाथि प्रतिबन्ध लगाएसँगै  न्यूजिल्यान्डले पनि सुरक्षा जोखिमको विषयलाई उठाउँदै सरकारी डिभाइसमा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

टिकटककाे अभिभावक कम्पनी बाइटडान्समार्फत चीन सरकारले प्रयोगकर्ताहरूको स्थान, सम्पर्क लगायतका डेटामा पहुँच बनाई उक्त डेटाको दुरुपयोग हुनसक्ने न्युजिल्यान्ड सरकारको बुझाइ छ ।

न्यूजिल्यान्डमा यही मार्च महिनाको अन्त्यसम्म संसदको नेटवर्कमा पहुँच भएका सबै डिभाइसहरूमा टिकटक प्रतिबन्धित हुने बताइएको छ । यसअगाडि नै न्यूजिल्यान्डको सेक्युरिटी फोर्स, परराष्ट्र र व्यापार मन्त्रालय अन्तर्गतका सरकारी कर्मचारी तथा मन्त्रालयले प्रयोग गर्ने सबै प्रकारका डिभाइसहरूमा टिकटकमाथि प्रतिबन्ध लगाइएकाे थियाे ।


 

पछिल्लो अध्यावधिक: चैत ४, २०७९ १३:३१