काठमाडौं । ओपनएआईले च्याटजीपीटी सार्वजनिक गरेदेखि यसको क्षमताबारे चर्चा भइरहेकाे छ । हुन पनि हो, यसबाट धेरै प्रकारका काम गर्न सकिन्छ । चाहे त्यो निबन्ध लेख्न होस् वा कुनै विषयबारे जानकारी प्राप्त गर्न ।
च्याटजीपीटीलाई प्रोग्रामिङ जस्तो जटिल विषयमा पनि प्रयोग गर्न सकिन्छ । आज हामी तपाईँलाई प्रोग्रामिङमा च्याटजीपीटीलाई कसरी प्रयोग गर्नेबारे जानकारी दिँदै छौँ:
एल्गोरिदम जेनेरेट गर्न
प्रोग्रामरहरूले एल्गोरिदम जेनेरेट गर्न च्याटजीपीटी प्रयोग गर्न सक्छन् । एल्गोरिदममा काम गर्दा प्रोग्रामर अड्के चीपीटीलाई सोध्न सक्छन् ।
च्याटजीपीटीले टेक्स्ट, एएससीआईआई आर्ट (ASCII art), ट्री फर्म्याट, बक्स फर्म्याट आदि प्रकारका एल्गोरिदम तयार पार्न सक्छन् ।
पेसहोल्डर र फिल्टर कन्टेन्ट जेनेरेट गर्न
प्रोग्रामरलाई परीक्षण गर्न डेटा चाहिरहेको हुन्छ । जस्तो कि एपीआईको डेटावेसमा डेटा र वेबपेजका लागि टेक्स्ट ।
यस्ता डेटा च्याटजीपीटीले जेनेरेट गर्छ । च्याटजीपीटीबाट एसक्यूएल, जेसन, सीएसभी लगायतका फर्म्याटमा रहेका प्लेसहोल्डर कन्टेन्ट जेनेरेट गर्न सकिन्छ ।
डेटाको फर्म्याट परिवर्तन गर्न
कहिलेकाहीँ प्रोग्रामरलाई विभिन्न फर्म्याटमा रहेका डेटाको आवश्यकता पर्छ । यो काम पनि च्याटजीपीटीले गर्न सक्छ । जस्तो: सामान्य टेक्स्टमा रहेको डेटालाई तालिका बनाउन सक्नुहुन्छ ।
अर्को ल्याङ्ग्वेजमा कोड परिवर्तन गर्न
लेखिसकेको कोडलाई अर्को प्रोग्रामिङ ल्याङ्ग्वेजमा पुन: लेख्नु दोहोरो काम हुन जान्छ । तर प्रोग्रामरले यो काम च्याटजीपीटीबाट सजिलैसँग गर्न सक्छन् ।
च्याटजीपीटीलाई धेरै ओटा प्रोग्रामिङ ल्याङ्ग्वेजमा तालिम गराइएको छ । यसकारण कोडलाई अर्को ल्याङ्ग्वेजमा परिवर्तन गर्नु्रपर्ने काम पनि च्याटजीपीटीबाट गर्न सकिन्छ ।
कोडलााई अप्टिमाइज गर्न
धेरै स्रोत भएको एप्लिकेसन बनाउँदा वा साना प्राेजेक्ट बनाउँदा कोडलाई अप्टिमाइज गर्नुपर्ने हुन्छ । यसका लागि च्याटजीपीटी प्रयोग गर्न सकिन्छ ।
अप्टिमाइज गर्न च्याटजीपीटी प्रयोग गर्दा प्रोग्रामरले आफ्नो समय जोगाउन सक्छन् । त्यस्तै कोडको पर्फमेन्स पनि सुधार गर्न, कोड टेस्टिङ गर्दा डिबिङ गर्ने समय कम पनि सकिन्छ ।
परीक्षण कोड लेख्न
बग नभएका, गल्ती नभएका कोडहरु लेख्ने एउटा तरिका भनेको यसका लागि युनिट परीक्षणका कोड लेख्नु हो ।
तर कहिलेकाहीँ परीक्षणका लागि कोड लेख्दा समय धेरै खान्छ । तर यो काम पनि च्याटजीपीटीबाट गर्न सकिन्छ ।
कोडको डकुमेन्ट गर्न
सफ्टवेयर डेभलपमेन्टमा महत्त्वपूर्ण रहेको यो काम पनि च्याटजीपीटीबाट गर्न सकिन्छ । विभिन्न प्रोग्रामिङ ल्याङ्ग्वेजहरुको राम्रोसँग डकुमेन्टेसन गर्नमा च्याटजीपीटी उपयोगी हुन्छ ।
प्रोग्रामरले एचटीएमएल फर्म्याटमा समेत च्याटजीपीटीको प्रयोग गरी कोड डकुमेन्ट गर्न सक्छन् ।
बग पत्ता लगाउन
प्रोग्रामरले लेखेको कोडमा केही चिन्ह छुटेको कुरा च्याटजीपीटीले सजिलैसँग पत्ता लगाउन सक्छ । त्यस्तै कोडमा अन्य के गल्ती वा समस्या छन् भन्ने कुरा पनि पत्ता लगाउन च्याटजीपीटी प्रयोग गर्न सकिन्छ ।
तर यसरी कोडमा रहेका बगहरु पत्ता लगाउन सुरुमा च्याटजीपीटीलाई विवरण भने दिनुपर्छ ।
कोड लेख्न
प्रोग्रामिङ गर्न नआउने, तर प्रोग्रामिङमा रुचि राख्ने व्यक्तिले च्याटजीपीटीबाट त्यो काम गर्न सक्छन् । तर विचार पुर्याउनुपर्ने कुरा के छ भने एआईले लेखेको कोडमा गल्ती हुन सक्छन् ।
कुन प्रोग्रामिङ ल्याङ्ग्वेजमा के को कोड लेख्ने भनेर च्याटजीपीटीलाई निर्देशन दिए सजिलै कोड तयार पारिदिन्छ ।