close

भायानेटले ल्यायो एक्सजीएस फाइबर प्रविधिमा आधारित नेपालकै पहिलो २ जीबीपीएस इन्टरनेट

टेकपाना टेकपाना

चैत ९, २०७९ ११:३२

भायानेटले ल्यायो एक्सजीएस फाइबर प्रविधिमा आधारित नेपालकै पहिलो २ जीबीपीएस इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक भायानेट कम्युनिकेसनले एक्सजीएस फाइबर प्रविधिमा आधारित '२ जीपीएस एक्सजीएस एक्स्ट्रिम' (2 Gbps XGS-Extreme) प्याकेज ल्याएकाे छ । यसमार्फत नेपालकै पहिलो मल्टी-गिग इन्टरनेट सार्वजनिक गरिएको कम्पनीले जनाएकाे छ ।

यो नयाँ प्रविधिमार्फत भायानेटले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ । 'XGS-PON' अर्थात् १० गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी हो, जसले १० जीबीपीएससम्मको डाउनलोड र अपलोड स्पिड प्रदान गर्दछ ।

हाल इन्टरनेट वितरणको लागि प्रयोग गरिने मुख्य विधि गिगाबिट प्यासिभ नेटवर्क (GPON) मा आधारित छ । गिगाबिट प्यासिभ नेटवर्क प्रविधि इन्टरनेट वितरणको लागि प्रयोग गरिने प्राथमिक विधि हो, जसको अधिकतम डाउनलोड गति २.४ जीबीपीएस र अपलोड गति १.२ जीबीपीएस छ ।

XGS-P को लन्चसँगै ग्राहकले १० जीबीपीएससम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्नसक्ने छन् । नेपालमा पहिलो पटक २ जीबीपीएस इन्टरनेट सेवा उपलब्ध गराउन यो प्रविधि छनोट गरिएको भायानेटले जनाएकाे छ ।

''XGS-PON मार्फत कम्पनीले नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गराउने विश्वास लिएको छ । अब ग्राहकले तीव्र गतिको डाउनलोड र अपलोडका साथै सिमलेस स्ट्रिमिङ र उत्कृष्ट गेमिङको अनुभव लिन सक्नेछन्,'' कम्पनीकाे विज्ञप्तिमा भनिएकाे छ ।

याे प्रविधिले कम्पनीलाई भर्चुअल रियालिटी, हाई रेजोलुसन भिडिओ स्ट्रिमिङ, मल्टी-डिभाइस भिडिओ स्ट्रिमिङ, क्लाउड कम्प्युटिङजस्ता नयाँ-नयाँ इन्टरनेट प्रयोगका लागि तयार राख्ने कम्पनीकाे विश्वास छ ।

पहिलाे चरणमा  '२ जीबीपीएस एक्सजीएस एक्स्ट्रिम प्याकेज' काठमाडौं उपत्यकाका केही क्षेत्रमा मात्र उपलब्ध गराइएकाे कम्पनीले जनाएकाे छ ।

''हामीले गर्ने सबै कुराको केन्द्रमा ग्राहक छन् । र, उनीहरूको इन्टरनेटका आवश्यकता समयसँगै विकसित हुँदै गएको कुरा हामीले बुझेका छौँ,'' भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सेवा पाठकले भनिन्, ''एक्सजीएस एक्स्ट्रिम प्याकेज हामी नेपालमा नवीनतम प्रविधिमार्फत देशमा सबैभन्दा छिटो गतिको इन्टरनेट सेवा प्रदान गर्न र उत्कृष्ट सेवाहरू ल्याउने हामी प्रतिबद्ध छौँ भन्ने कुराको अर्को एउटा उदाहरण हो ।''

पछिल्लो अध्यावधिक: चैत ९, २०७९ ११:४२