close

भारतमा पहिलो पटक अदालतले गर्‍यो च्याटजीपीटीको प्रयोग

टेकपाना टेकपाना

चैत १८, २०७९ १४:२०

भारतमा पहिलो पटक अदालतले गर्‍यो च्याटजीपीटीको प्रयोग

काठमाडौं । भारतको पन्जाब र हरियाणाको उच्च अदालत देशमा च्याटजीपीटी प्रयोग गर्ने पहिलो अदालत बनेको छ । हत्या आरोपीलाई जमानीमा छोड्ने कि नछोड्ने भन्ने विषयमा उच्च अदालतले च्याटजीपीटीको प्रयोग गरेको हो । 

टाइम्स अफ इन्डियामा प्रकाशित भएको लेख अनुसार अधिवक्ता अनुप चित्कराको इजलासमा सन् २०२० को जुन महिनामा पक्राउ परेको हत्या आरोपितलाई जमानतमा छोड्ने कि नछोड्ने भन्ने निर्णय च्याटजीपीटी प्रयोग गरेर लिएको थियो । 

घटनाको सबै विवरण बुझाएपछी च्याटजीपीटीले दिएको जवाफको आधारमा उक्त जमानतको निवेदन अस्वीकार गरिएको थियो । हत्या जस्तो जघन्य अपराध गरेको मुद्दा सामान्य मुद्दा होइन । यद्यपि यस्तोमा आर्टिफिसियल इन्टेलिजेन्सले कस्तो सुझाव दिन्छ भनि अभ्यास गर्नको लागि निर्णय लिन च्याट जीपीटी प्रयोग गरिएको र च्याटजीपीटीले पनि हत्याको आरोपितलाई जमानतमा छोड्न नमिल्ने जवाफ दिएपछि सोही अनुसार निर्णय लिएको अधिवक्ता चित्कराले बताए । 

यो विषयलाई अहिले भारतको कानुन व्यावसायीहरूबिच भने छलफल चलिरहेको छ । केहीलाई यसलाई भविष्यको अभ्यास भनेका छन् भने केहीले तत्कालका लागि उपयोगी देखिए पनि कालान्तरमा गएर यसको नकारात्मक प्रभाव हुनसक्ने अभिव्यक्ति दिएको टाइम्स अफ इन्डियामा उल्लेख गरिएको छ । 

पछिल्लो अध्यावधिक: चैत १८, २०७९ १४:२२