काठमाडौं । अब माइक्रोसफ्ट एजका सबै प्रयोगकर्ताले एआई इमेज जेनेरेटर 'ड्याल-ई' प्रयोग गर्न पाउने भएका छन् । कम्पनीले एक ब्लग पोस्ट सार्वजनिक गर्दै ड्याल-ई सबै प्रयोगकर्ताको लागि उपलब्ध हुने विषयमा जानकारी दिएको हो ।
यो नियम विन्डोजसँगै म्याकओएस र लिनक्स भर्सनमा पनि लागू हुने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले आफ्नो सामाजिक सञ्जालका पोस्टहरूलाई आकर्षित बनाउन वा आफ्नो कामको लागि पावरपोइन्ट बनाउन प्रयोगकर्ताले ड्याल-ई प्रयोग गर्नसक्ने कम्पनीले ब्लगमा उल्लेख गरेको छ ।
माइक्रोसफ्ट एजको साइडबारमा गएर 'इमज क्रियटर' आइकनमा क्लिक गरेर यो फिचर प्रयोग गर्न सकिनेछ । साथै प्रयोगकर्ताले उक्त इमेजलाई डाउनलोड गरेर प्रयोग गर्न सक्नेछन् । कम्पनीले बिङ अपडेट गरेसँगै यो नयाँ फिचर पनि सार्वजनिक गरेको हो ।
योसँगै कम्पनीले अन्य फिचर पनि नयाँ अपडेटसँगै सार्वजनिक गरेको छ । यसमा फाइलहरू शेयर गर्ने तरिका, ब्लिट-इन इमेज एडिटर लगायतका फिचरहरू छन् ।