काठमाडौं । खल्तीले एनएमबी बैंकको ग्राहकका लागि स्मार्टफोन जित्न सकिने अफर ल्याएको छ । खल्तीले एनएमबी बैंकसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि यो अफर ल्याएको हो ।
यस अफर अन्तर्गत एनएमबी प्रयोगकर्ताले आफ्नो बैंक खाता पहिलो पटक खल्तीमा लिङ्क गरे बापत १०० रुपैयाँ बोनस तत्काल प्राप्त गर्न सक्नेछन् ।
साथै एक ग्राहकले भने बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्न सक्नेछन् । बोनस खल्तीमा पहिलो पटक आफ्नो बैंक खाता लिंक गरि पहिलो भुक्तानी पुरा गरेका प्रयोगकर्ताहरूका लागि मात्र लागु हुनेछ ।
त्यस्तै यस अफर अवधिमा आफ्नो लिङ्क गरिएको बैंक खाताबाट भुक्तानी गर्ने प्रयोगकर्ता मध्ये दुईजना प्रयोगकर्ताले अफर सकिए लगत्तै गोलाप्रथामार्फत स्मार्टफोन पनि जित्न सक्नेछन् । खल्ती प्रयोगकर्ताहरूले बैंक खाता लिङ्क गर्नका लागि उनीहरूको केवाईसी भने प्रमाणित गरेको हुनुपर्नेछ ।
चैत २१ गते देखि सुरु भएको यो अफर जेठ ५ गतेसम्म चल्नेछ ।