काठमाडौं । लोकदोहोरी एप सार्वजनिक भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सोमबार उक्त एप सार्वजनिक गरेको हो ।
लोक तथा दोहोरी गीतका साथै प्रतिष्ठानमा हुने हरेक गतिविधिलाई उक्त एपमा राखिने बताइएको छ । प्रविधिको बढ्दो महत्त्वलाई मध्यनजर गर्दै एप सार्वजनिक गरिएको प्रतिष्ठानले जनाएको छ ।
एपलाई क्रमशः परिष्कृत गर्दै लगिने उल्लेख छ । लोकदोहोरी एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।