close

इन्टरनेट सेवाको पहुँचमा सरकारको लक्ष्य पूरा

टेकपाना टेकपाना

चैत ३०, २०७९ १७:१

इन्टरनेट सेवाको पहुँचमा सरकारको लक्ष्य पूरा

काठमाडौं । इन्टरनेट सेवाकाे पहुँचमा १५औँ योजनाको तेस्रो वर्षको लक्ष्य पूरा भएको छ । बिहीबार सार्वजनिक महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनको सारांशले इन्टरनेट पहुँच सहितका केही सूचकमा मात्र सुधार देखाएको छ ।

आधार वर्ष २०७५-०७६ मा ६५.९ प्रतिशत रहेको इन्टरनेट सेवाको पहुँच २०७८/०७९ मा ८५ प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको थियो । सारांश प्रतिवेदन अनुसार २०७८/०७९ मा इन्टरनेट सेवाको पहुँच लक्ष्य अनुरुप ८५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ ।

कूल १४ ओटा सूचकमध्ये इन्टरनेट सेवाको पहुँचबाहेक प्रतिव्यक्ति आय (लक्ष्य १३२९ अमेरिकी डलर, अनुमानित उपलब्धि १३८१ डलर) र आधारभूत खानेपानी सेवा पुगेको जनसङ्ख्या (लक्ष्य ९५ प्रतिशत र अनुमानित उपलब्धि ९५ प्रतिशत) सूचकमा लक्ष्य अनुरुप अनुमानित उपलब्धि हात लागेको हो ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०७९ १७:१