close

नयाँ वर्षमा यस्ता छन् टेलिकम कम्पनीका अफर

टेकपाना टेकपाना

बैशाख १, २०८० १५:२४

नयाँ वर्षमा यस्ता छन् टेलिकम कम्पनीका अफर

काठमाडौं । नयाँ वर्ष २०८० को अवसर पारी नेपालका दूरसञ्चार कम्पनीहरुले अफर घोषणा गरेका छन् । ​यसअन्तर्गत सरकारी स्वामित्वको नेपाल टेलिकमसँगै निजी क्षेत्रकाे एनसेल आजियाटाले आफ्ना ग्राहकका लागि विभिन्न सुविधासहित नयाँ वर्ष अफर ल्याएका छन् ।

एनसेल

एनसेलले नयाँ वर्षका लागि​ विभिन्न डेटा प्याकेज ल्याएकाे हाे । यसअन्तर्गत ग्राहकले ६५ रूपैयाँमा तीन दिनका लागि २ जीबी डेटा खरिद गर्न सक्नेछन् ।

त्यस्तै ४९९ रूपैयाँमा २८ दिनका लागि २० जीबी डेटा पाउन सकिने कम्पनीले जनाएको छ ।

ग्राहकले ८८८ रूपैयाँमा २८ दिनका लागि ८८ जीबी डेटा लिन सक्नेछन् ।

यी प्याक खरिद गर्न *१७१२३# डायल गर्न सकिन्छ । साथै एनसेल एप वा वेबसाइटमा पनि प्याकेज खरिद गर्न सकिन्छ ।

नेपाल टेलिकम

नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकलाई लक्षित गर्दै 'नयाँ वर्ष २०८० अफर' ल्याएको छ । यस अफरअन्तर्गत कम्पनीले भ्वाइस, डेटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने छ ।

कम्पनीले रु. ४९ मा एक दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने छ ।

यसैगरी डेटा प्याकेज अन्तर्गत रु. ९८ मा तीन दिन चलाउन सकिने ६ जीबी डेटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डेटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डेटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डेटा प्याकेज उपलब्ध गराउने छ ।

त्यस्तै एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दासमेत 'बोनस अन रिचार्ज'को रुपमा डेटा प्याकेज उपलब्ध गराउने छ । यसअनुसार रु. २०० देखि रु. ४९९ सम्मको रिचार्ज गर्दा दुई दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डेटा उपलब्ध हुनेछ । 

त्यसैगरी रु. ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन दुई जीबीका दरले चार दिन चलाउन सकिने गरी ८ जीबी डेटा उपलब्ध हुनेछ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १, २०८० १५:२४