close

यस्तो छ विश्वकै पहिलो स्मार्ट बन्दुक

टेकपाना टेकपाना

बैशाख १, २०८० १९:२८

यस्तो छ विश्वकै पहिलो स्मार्ट बन्दुक

काठमाडौं । फिङ्गरप्रिन्ट र फेसियल रिकग्निशन फिचर सहितकाे विश्वकै पहिलाे स्मार्ट बन्दुक सार्वजनिक भएकाे छ । अमेरिकास्थित बायोफायर कम्पनीले यो बन्दुक बजारमा ल्याएको हो ।

सेल्फ डिफेन्स अर्थात् आत्मरक्षालाई लाक्षित गर्दै ल्याइएकाे याे बन्दुकमा फिङ्गरप्रिन्ट अनलकिङ सिस्टम उपलब्ध छ । यो  सिस्टमले बन्दुकका मालिकबाहेक अन्य व्यक्तिलाई अनधिकृत रुपमा गोली चलाउनबाट रोक्ने विश्वास लिइएको छ ।

अत्याधुनिक ९ एमएम (9mm) ह्यान्डगनले मालिक र प्रयोगकर्ताहरू बाहेक सबैलाई लक आउट गर्दछ । यसको अर्थ हो, बन्दुकका मालिक बाहेक अरुले यो बन्दुक चलाउन नसक्ने गरी कस्टमाइज गर्न मिल्छ ।

अमेरकाका बालबालिकाले बन्दुक चलाउने प्रवृत्ति बढ्दै गएपछि सुरक्षाका निम्ति बनेका बन्दुकको गलत प्रयोग नहोस् भन्ने उद्देश्यले यो स्मार्ट बन्दुक सार्वजनिक गरेको कम्पनीको भनाइ छ ।

यो बन्दुकको सुरुवाती मूल्य १,४९९ डलर (करिब २ लाख रुपैयाँ) रहेको छ । यो बन्दुक एक सेकेन्डभन्दा पनि कम समयमा अनलक भएर फेरि लक हुने कम्पनीले जनाएको छ । यसले बन्दुकको अनधिकृत प्रयोग र विभिन्न दुर्घटनाबाट जोगाउने कम्पनीले विश्वास लिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८० १६:१३