close

काठमाडौं उपत्यका बाहिर ८ शहरमा पुग्यो सीजीनेट, पोखरामा आजबाट सेवा सुरु

टेकपाना टेकपाना

बैशाख ३, २०८० १९:२६

काठमाडौं उपत्यका बाहिर ८ शहरमा पुग्यो सीजीनेट, पोखरामा आजबाट सेवा सुरु

काठमाडौं । सीजीनेटले आफ्नो इन्टरनेट सेवा काठमाडौं उपत्यका बाहेक अन्य ८ ओटा शहरमा विस्तार गरेको छ । कम्पनीले काठमाडौं उपत्यकाबाट सुरु गरेर विराटनगर, वीरगंज, इटहरी, जितपुर, धरान, दुहाबी र सिमरा हुँदै आजबाट आठौं शहर पोखरामा पनि आफ्नो सेवा सुरु गरेको हो । 

यो सँगै कम्पनीको इन्टरनेट विस्तारको पहिलो चरण सकिएको कम्पनीले जनाएको छ । हाललाई दोस्रो चरणको विस्तारको काम भने नहुने कम्पनीले बताएको छ ।

यसैबीच आफ्ना ग्राहकका लागि कम्पनीले नयाँ अफर 'स्पिड दमदार प्राइस शानदार' ल्याएको  छ । यस अफर अन्तर्गत ग्राहकले १३० एमबीपीएस इन्टरनेटको मासिक ७९९ रुपैयाँमा, २५० एमबीपीएस इन्टरनेटको मासिक १०४९ रुपैयाँमा र ३५० एमबीपीएस इन्टरनेटको मासिक १,२९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । 

इन्टरनेट खरिद गर्ने ग्राहकका लागि कम्पनीले तीनलाखसम्मको बीमा सुविधा पनि उपलब्ध गराउने बताउको छ । साथै कम्पनीले सीजी अन्तर्गतको इलेक्ट्रिक सामानहरूमा ३५ प्रतिशतसम्मको छुट अफर पनि ल्याएको छ । 
   

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८० १९:२६