काठमाडौँ । एनआईसी एसिया बैँकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ । सीजी कम्युनिकेसन्स लिमिटेडसँग भएको सम्झौता अनुसार बैँकका ग्राहकले पहिलो पटक सीजी इन्टरनेट र आईपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा २५०० र संस्थागत रूपमा प्रयोग गर्दा २० प्रतिशत छुट पाउने भएका हुन् ।
उक्त सम्झौता पत्रमा बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सीजी कम्युनिकेसन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकले सीजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा खरिद गर्दा वार्षिक शुल्कमा २५०० रुपैयाँ छुट प्राप्त गर्न सक्ने छन् ।
त्यस्तै, इन्टरनेटसँगै आईपीटिभीको सेवा लिने नयाँ ग्राहकले पनि उक्त रकमको छुट प्राप्त गर्न सक्ने बताइएको छ । साथै, हाल सेवा लिइरहेका ग्राहकले उक्त सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकले सेवा लिनु पूर्व सीजी कम्युनिकेसन्स लिमिटेडको आधिकारिक टेलिफोन नम्बर, वेबसाइट वा शाखा कार्यालयमा सम्पर्क गरी जानकारी गराउनुपर्ने छ ।सीजी कम्युनिकेसन्ससँगको यस सहकार्यले यस बैँकका ग्राहकलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गरी नगद रहित कारोबारमा सहयोग पुग्ने विश्वास बैँले व्यक्त गरेको छ ।
पछिल्लो अध्यावधिक: साउन २६, २०८२ १९:३१
