close

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन भोलिदेखि खुल्ने

टेकपाना टेकपाना

बैशाख ३, २०८० २१:१०

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन भोलिदेखि खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र सम्बन्धी अनलाइन सेवा भोलि सोमबारदेखि सञ्चालनमा आउने भएको छ ।

एक सूचना प्रकाशित गर्दै विभागले सोमबार साँझ ५ बजेदेखि सवारी चालक अनुमतिपत्र सम्बन्धी अनलाइन आवेदन दर्ता प्रणाली सुचारु हुने जानकारी दिएको छ ।

विभागले सञ्चालन गरिरहेको सवारी चालक अनुमतिपत्र सम्बन्धी ईडीएलभीआरएस प्रणालीको डेटाबेस सर्भरमा समस्या आउँदा पाँच दिनदेखि सेवा अवरुद्ध छ ।

सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्र अन्तर्गत रहेको सरकारी डेटा सेन्टरमा उक्त सर्भर राखिएको छ । डेटाबेस सर्भरमा देखिएको समस्याका कारण सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रभावित भएको हो । 

May be an image of text that says 'U नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभाग मीनभवन, काठमाडौ सवारी चालक अनुमतिपत्र सम्बन्धी अनलाईन आवेदन दर्ता प्रणालीको सेवा सुचारु हुने सम्बन्धी सूचना प्रकाशित मिति: २०5०।०१1०३ यस विभागबाट संचालित सवारी चालक अनुमतिपत्र सम्बन्धी EDLVRS प्रणालीको GIDC (Government Integrated Data Center), सिंहदरवारमा रहेको डाटावेश सर्भरमा समस्या आई सवारी चालक अनुमतिपत्र सम्बन्धी अनलाईन आवेदन दर्ता प्रणालीको समेत सेवा प्रभावित भएकोमा यहि मिति २०5०।०१।० गते साँझ ५:०० बजेदेखि सवारी चालक अनुमतिपत्र सम्बन्धी अनलाईन आवेदन दर्ता प्रणाली सेवा सुचारु हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। वव्यातायात व्यवस्था विभाग नेपास मरकातायात तपर बातायात मिनभबन, घ्यवस्या काठमाडी'

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८० २१:१०