काठमाडौं । बेलायतको लक्जरी कार निर्माता रोल्स रोयसले आफ्नो पहिलो पूर्ण विद्युतीय कार सार्वजनिक गरेको छ ।
चीनमा जारी साङ्घाइ अटो शोमा कम्पनीले ‘स्पेक्ट्र’ (Spectre) नामको कार सार्वजनिक गरेको हो । यो कारमा ४३० किलोवाटको मोटर जडान गरिएको छ, जसले ९०० एनएम टर्क पैदा गर्नसक्ने कम्पनीको दाबी छ ।
यस्तै ४.५ सेकेन्डमा नै कार २५० किलोमिटर प्रति घण्टाको स्पिडमा पुग्नसक्छ । यो कारमा १०२ किलोवाट प्रति घण्टाको ब्याट्री प्याक राखिएको छ, जसले कारलाई एक पटकको फूल चार्जमा ५८५ किलोमिटरसम्म गुड्न सघाउने बताइएको छ ।
चिनियाँ बजारमा यो कारको मूल्य ५७ लाख ५० हजार युआन (१० करोड ९५ लाख रुपैयाँ भन्दा बढी) रहेको छ ।
*नोट: यसअघिको समाचारमा त्रुटी हुन गएकाले सच्याइएको छ ।