close

उपनिर्वाचनमा राष्ट्रिय परिचयपत्र, पासपोर्ट वा ड्राइभिङ लाइसेन्स देखाएर मतदान गर्न पाइने

टेकपाना टेकपाना

बैशाख ६, २०८० ८:२४

उपनिर्वाचनमा राष्ट्रिय परिचयपत्र, पासपोर्ट वा ड्राइभिङ लाइसेन्स देखाएर मतदान गर्न पाइने

काठमाडौं । आउँदो वैशाख १० मा हुने उपनिर्वाचनमा राष्ट्रिय परिचयपत्र, राहदानी लगायतका परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले परिचय खुल्ने सरकारी कागजात देखाएर मतदान गर्न मिल्ने जानकारी दिएको हो ।

आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्न सक्नेछन् ।

यस्ता सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगले जनाएको छ । 

निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएकोरनासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।

प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८० ८:२४