close

नाफा कमाउन नसकेपछि डीभीडी व्यापार बन्द गर्दै नेटफ्लिक्स

टेकपाना टेकपाना

बैशाख ६, २०८० १४:१६

नाफा कमाउन नसकेपछि डीभीडी व्यापार बन्द गर्दै नेटफ्लिक्स

काठमाडौं । टिभी हेर्ने शैलीमा आमूल परिवर्तन आएसँगै नेटफ्लिक्सले आफ्नो २५ वर्ष पुरानो डीभीडी व्यवसाय बन्द गर्ने भएको छ । एक ब्लग लेख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टेड सारान्डोसले सेप्टेम्बरसम्म मात्र डीभीडी डेलिभरी सर्भिस सञ्चालन हुने जानकारी दिएका छन् ।

सीईओ सारान्डोसले कम्पनीको कुल आम्दानीमा डीभीडी व्यवसायले ०.५ प्रतिशत मात्र योगदान पुर्‍याइरहेकाे छ । यसकारण कम्पनीले पुरानाे प्रविधि बन्द गर्न लागेको हाे ।

त्यस्तै उनले उक्त सेवा लिने सबै ग्राहकलाई धन्यवाद दिएका छन् । अनलाइनबाट डीभीडी भाडामा लिने वा खरिद गर्ने व्यापारबाट नै नेटफ्लिक्स सुरु भएको थियो ।

यद्यपि यो वर्षको सेम्टेम्बरकाे अन्त्यपछि उक्त व्यापार बन्द गर्ने कम्पनीकाे भनाइ छ ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८० १४:१६