close

अब इन्स्टाग्रामको बायोमा पाँच ओटासम्म लिङ्क हाल्न मिल्ने

टेकपाना टेकपाना

बैशाख ६, २०८० १८:३५

अब इन्स्टाग्रामको बायोमा पाँच ओटासम्म लिङ्क हाल्न मिल्ने

काठमाडौं । इन्स्टाग्रामको बायोमा अब पाँच ओटासम्म लिङ्क हाल्न मिल्ने भएको छ । कम्पनीले एपमा नयाँ अपडेट गर्दै यो फिचर उपलब्ध गराएको हो । कम्पनीले मंगलबाट एक विज्ञप्ती निकाल्दै नयाँ फिचरको बारेमा जानकारी दिएको हो । 

लामो समयदेखि इन्स्टाग्राम प्रयोगकर्ताहरूले यो फिचरको माग राख्दै आएका थिए । हालसम्म इन्स्टाग्राममा एउटा मात्र लिङ्क राख्न मिल्ने व्यवस्था थियो । 

यो फिचर बिजनेस र क्रियटर लगायत सबै प्रकारका अकाउन्टमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

आफ्नो बायोमा लिङ्क थप गर्नको लागि तल दिइएको प्रक्रिया अपनाउनुहोस्:
- आफ्नो प्रोफाइलमा गएर स्क्रिनको दायाँपट्टि सबैभन्दा माथि भएको 'एडिट प्रोफाइल' मा क्लिक गर्नुहोस्       
- लिङ्क्स अप्सनमा क्लिक गर्नुहोस् 
- एड एक्सटर्नल लिङ्कमा क्लिक गर्नुहोस् 

यसरी आफूले चाहेको लिङ्क त्यहाँ ड्रयाग गरेर अथवा टाइप पनि गर्नसक्नुहुन्छ । यसको साथै प्रयोगकर्ताले आफ्नो फेसबुक प्रोफाइलको लिङ्क राख्नको लागि भने डेडिकेटेड स्लट दिइएको छ । प्रयोगकर्ताले आफ्नो कुनै पनि सामाजिक सञ्जालका प्लेटफर्म अथवा अन्य व्यावसायिक लिङ्क यहाँ राख्न सक्नेछन् । यो फिचर विस्तारै सबै प्रयोगकर्तालाई उपलब्ध हुँदै जाने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८० १८:३५