close

सुर्खेतमा नेपाल टेलिकमको सेवा अवरूद्ध

टेकपाना टेकपाना

बैशाख ७, २०८० ११:५९

सुर्खेतमा नेपाल टेलिकमको सेवा अवरूद्ध

काठमाडौं । सुर्खेतमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । छिन्चुदेखि सुर्खेतबीचको अप्टिकल लिंकमा समस्या आएको कारण सो रुटमार्फत सञ्चालन हुने सेवा बिहीबार बिहानदेखि प्रभावित भएको टेलिकमले जनाएको छ ।

समस्या यथाशीघ्र समाधानका लागि प्राविधिक टिम फिल्डमा खटिएको कम्पनीले सूचना जारी गर्दै जानकारी दिएको छ । समस्या समाधान गर्न केही समय लाग्ने भएकाले माइक्रोवेब लिंकमार्फत ल्यान्डलाइन एवं टुजी थ्रीजी सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

माइक्रोवेभ लिंकको सीमित क्षमताका कारण एफटीटीएच इन्टरनेट तथा फोरजी सेवा सञ्चालनमा आउन केही कठिनाइ भइरहेकाले यसबाट ग्राहक वर्गमा पर्न भएको असुविधाको लागि कम्पनी क्षमाप्रार्थी छ, कम्पनीको सूचनामा भनिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८० १२:३४