close

अमिताभ बच्चन भन्छन्- ‘ए ट्वीटर भइया! ब्लु टिक पाउन हातै जोडिसकेँ, अब खुट्टा पनि जोड्नुपर्ने हो ?’

टेकपाना टेकपाना

बैशाख ८, २०८० २१:१८

अमिताभ बच्चन भन्छन्- ‘ए ट्वीटर भइया! ब्लु टिक पाउन हातै जोडिसकेँ, अब खुट्टा पनि जोड्नुपर्ने हो ?’

काठमाडौं । ट्वीटरले शुक्रबारबाट शुल्क नतिर्ने प्रयोगकर्ताको अकाउन्टको ब्लु टिक हटाउन थालेको छ । शुल्क तिर्न ढिलाइ वा अटेर गरेको भन्दै कम्पनीले चर्चित सेलिब्रेटी तथा सार्वजनिक व्यक्तिको अकान्टबाट भेरिफिकेसन मार्क हटाउन सुरु गरेको हो ।

तर, केही प्रयोगकर्ताले ब्लुटिकका लागि शुल्क बुझाइसक्दा पनि उक्त भेरिफिकेसन मार्क नपाएको गुनासो गरेका छन् । त्यसमध्ये बलिउड कलाकार अमिताभ बच्चन पनि एक हुन् । उनले शुल्क तिरिसक्दा पनि ब्लु टिक फिर्ता नआएको भन्दै ट्वीटमार्फत गुनासो गरेका छन् ।

शुक्रबार एक ट्वीट गर्दै बच्चनले शुल्क तिरिसक्दा पनि ब्लु टिक नपाएपछि अब के खुट्टै जोडेर ब्लु टिक माग्नु पर्ने हो भनेर सोधेका छन् । "ए ट्वीटर भाइ! सुनिरहेका छौ? अब त मैले पैसा पनि तिरिसकेँ," उनले ट्वीटरसँग आफ्नो गुनासो पोख्दै लेखेका छन्, "मेरो नामका पछाडि आउने त्यो जुन निलो कमल (टिक) थियो नि, त्यसलाई फिर्ता गरेर त्यही राखिदेऊ । ता कि मानिसहरूले म नै अमिताभ बच्चन हो भन्ने जान्न सकुन् । म हात जोडिरहेको छु । के अब खुट्टै जोड्न पर्ने हो ?"

अमिताभ बच्चन जस्तो ब्लु टिक खोसिएका सबै प्रयोगकर्ताले शुल्क तिरिसकेको खुलाएका छैनन् । अहिलेसम्म पनि ठूला ठूला सेलिब्रेटी तथा मिडियाको अकाउन्टबाट ब्लुटिक फिर्ता आएको भने छैन । यसमा ट्वीटरले ब्लुटिक फिर्ता गर्न ढिलाइ गरेको हो वा प्रयोगकर्ताले शुल्क नतिरेका हुन् स्पष्ट छैन ।

T 4623 - ए twitter भइया ! सुन रहे हैं ? अब तो पैसा भी भर दिये हैं हम ... तो उ जो नील कमल ✔️ होत है ना, हमार नाम के आगे, उ तो वापस लगाय दें भैया , ताकि लोग जान जायें की हम ही हैं - Amitabh Bachchan .. हाथ तो जोड़ लिये रहे हम । अब का, गोड़वा 👣जोड़े पड़ी का ??

— Amitabh Bachchan (@SrBachchan) April 21, 2023

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८० २१:२३