close

क्रिस्टियानो रोनाल्डोले पनि गुमाए ट्वीटरको ‘ब्लु टिक’

टेकपाना टेकपाना

बैशाख ९, २०८० १९:५३

क्रिस्टियानो रोनाल्डोले पनि गुमाए ट्वीटरको ‘ब्लु टिक’

काठमाडौं । फुटबल सुपरस्टार क्रिष्टियानो रोनाल्डो पनि ट्वीटरमा आफ्नो ब्लु टिक गुमाएका छन् । ट्वीटरले ब्लु चेकमार्कको लागि शुल्क नतिर्ने अकाउन्टहरूको ब्लु टिक हटाउने क्रममा रोनाल्डो पनि परेका हुन् । 

ट्वीटरमा उनका १० करोड ८३ लाख फलोअर छन् । कम्पनीले चर्चित व्यक्तिहरूलाई दिने 'लिगेसी चेकमार्क' मा रोनाल्डो पनि थिए । तर अब भने उनको यो लिगेसी चेकमार्क हटेको छ ।

आफ्नो नामसँग ब्लु चेकमार्क राख्नको लागि अब रोनाल्डोले मासिक ८ डलर ट्वीटरलाई तिर्नुपर्ने हुन्छ ।

शुक्रबारदेखि विभिन्न देशमा प्रसिद्ध व्यक्तिहरूलाई ट्वीटरले दिएको लिगेसी ब्लु चेकमार्क हटाउने क्रम सुरु भएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८० १९:५३