close

नेपालमा सामसङ टिभीको कारखाना उद्घाटन, १ हजारले रोजगारी पाउने

टेकपाना टेकपाना

बैशाख १३, २०८० १७:३२

नेपालमा सामसङ टिभीको कारखाना उद्घाटन, १ हजारले रोजगारी पाउने

काठमाडौं । नेपालमा सामसङ टेलिभिजनको उत्पादन सुरू भएको छ । हिम इलेक्ट्रोनिक्ससँगकाे साझेदारीमा कम्पनीले नवलपरासीमा ल्यान्डमार्क टेलिभजन कारखाना खाेलेकाे हाे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र सामसङ साउथइस्ट एसियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेबी पार्कले साे कारखानाकाे संयुक्त रूपमा उद्घाटन गरे ।

कारखानामा ३२ देखि ८५ इञ्चसम्मका टेलिभिजन उत्पादन हुने बताइएकाे छ । त्यस्तै कारखानामा हाल एक सय बढीले रोजगारी पाएकाे र पूर्ण क्षमतामा टिभी उत्पादन हुने अवस्थामा एक हजार बढीले राेजगारी पाउने कम्पनीले जनाएकाे छ ।

साे अवसरमा बाेल्दै सामसङ साउथइस्ट एसियाका सीईओ जेबी पार्कले स्थानीय उद्योगलाई सशक्त बनाउन र राेजगारी सिर्जना गर्न कारखाना स्थापना गरिएको बताए ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८० १७:३२