close

मोटोरोलाको नयाँ फोल्डेबल फोनमा ३.५ इन्चको कभर डिस्प्ले

टेकपाना टेकपाना

बैशाख १३, २०८० १९:५६

मोटोरोलाको नयाँ फोल्डेबल फोनमा ३.५ इन्चको कभर डिस्प्ले

काठमाडौं । मोटोरोलाले नयाँ फ्ल्यागशिप फोल्डेबल स्मार्टफोनका रूपमा 'माेटाे रेजर २०२३' र 'माेटाे रेजर प्लस' ल्याउँदै छ ।

आउँदो मे महिनामा सार्वजनिक हुने अनुमान गरिएको फाेल्डेबल फाेनबारे हालै कम्पनीले नयाँ जानकारी सार्वजनिक गरेकाे छ ।

यसअनुसार रियर क्यामेरा र एलईडी डिस्प्ले कभर गर्न फाेनमा ३.५ इन्चकाे डिस्प्ले दिइनेछ । ​याेसँगै माेटाेराेलाकाे फाेल्डेबल फाेन क्ल्यामशेल-शैलीमा फोल्ड गर्न मिल्ने फोनहरूमध्ये सबैभन्दा ठूलो बन्नेछ । 

सामसङले ग्यालेक्सी फाेल्ड फाेरमा १.९ इन्चकाे कभर डिस्प्ले दिएकाे थियाे । त्यस्तै ओप्पो फाइन्ड एनटु फ्लिपमा ३.२ इन्चको डिस्प्ले छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८० १९:५६