close

थिङ्कप्याड पछि लेनोभोको थिङ्कफोन बजारमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

बैशाख १४, २०८० १२:३९

थिङ्कप्याड पछि लेनोभोको थिङ्कफोन बजारमा, कति होला मूल्य ?

काठमाडौं । मोटोरोलाले​ 'लेनोभो थिङ्कफोन' स्मार्टफाेन सार्वजनिक गरेकाे छ । नाै वर्षअघि कम्पनीले किनेकाे सहायक ब्रान्ड लेनाेभाेकाे नामबाट याे एन्ड्राेइड स्मार्टफाेन बजारमा ल्याइएकाे हाे । कम्पनीका अनुसार थिङ्कप्याड ल्यापटपहरूसँग सहज रूपमा काम गर्न याे फाेन निकै उपयाेगी हुनेछ ।

पहिलाे चरणमा अमेरिकी बजारमा उपलब्ध याे फाेनकाे मूल्य ६९९ डलर (करिब ९१ हजार रूपैयाँ) ताेकिएकाे छ । योसँगै बजारमा उपलब्ध अन्य हाई-इन्ड फोनको राम्रो विकल्पमा लेनोभो थिङ्कफोन बन्नसक्ने विश्लेषण गरिएकाे छ ।

यस फोनमा क्वालकम स्नापड्रागन ८ प्लस जेन वान चिप प्रयोग गरिएको छ । त्यस्ते १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज क्षमता उपलब्ध गराइएको छ ।

फोनमा ६.६ इन्चको १०८० पिक्सेल रेजाेलुसनको ओलेड डिस्प्ले छ । १४४ हर्जसम्म रिफ्रेस रेट रहेको फोनमा अरामिड फाइबर ब्याक प्यानल उपलब्ध गराइएको छ ।

त्यस्तै 'थिङ्क टू थिङ्क एप'बाट फोन र ल्यापटप कनेक्ट गर्न सकिने बताइएको छ, जसले गर्दा काम गर्न धेरै सजिलो हुनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८० १२:३९