close

माछापुच्छ्रे गाउँपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई २० हजार रुपैयाँ पुरस्कार

टेकपाना टेकपाना

बैशाख १५, २०८० ८:१७

माछापुच्छ्रे गाउँपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई २० हजार रुपैयाँ पुरस्कार

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आफ्नो लागि उत्कृष्ट प्रतीक चिन्ह (लोगो) बनाउने डिजाइनरलाई पुरस्कृत गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै गाउँपालिकाले लोगो बनाउन इच्छुक व्यक्तिहरूलाई सहभागी हुन आह्वान गरेको हो ।

नागरिकको सहज र सरल पहुँचमा सार्वजनिक सेवा प्रवाहका लागि प्रतिबद्ध गाउँपालिकाका लागि छुट्टै लोगो डिजाइन गर्नुपरेकाले यो कार्यक्रम गर्न लागिएको सूचनामा उल्लेख छ ।

यसअन्तर्गत उत्कृष्ट लोगो बनाउने डिजाइनरलाई गाउँपालिकाले २० हजार रुपैयाँ पुरस्कार दिनेछ ।

डिजाइनरले लोगो बनाउँदा गाउँपालिकाले तोकेको विभिन्न सर्तहरू पालना गरेर बनाउनुपर्ने छ । यसअन्तर्गत लोगोमा गाउँपालिकाको नाम, माछापुच्छ्रे हिमाल र नेपालको झन्डा अनिवार्य समावेश गर्नुपर्ने हुन्छ ।

त्यस्तै गाउँपालिकाको भौगोलिक, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक, पहिचान, भाव, विशेषता तथा विशिष्टता झल्किने प्रकृतिको सामग्री समेटिनुपर्ने छ ।

छनाेट भएको उत्कृष्ट लोगोलाई गाउँपालिकाले आफ्नो लोगोको रूपमा प्रयोग गर्नेछ । गाउँपालिकाको ईमेल एड्रेस [email protected] वा [email protected]  लाेगाे पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८० ८:१७