close

अझै सुध्रिएन स्मार्टफोन बजार, आपूर्ति घट्ने क्रम जारी

टेकपाना टेकपाना

बैशाख १५, २०८० १४:३९

अझै सुध्रिएन स्मार्टफोन बजार, आपूर्ति घट्ने क्रम जारी

काठमाडौं । कोरोना महामारीपछि थलिएको स्मार्टफोन बजार अझै पनि माथि उठ्न सकेको छैन । बजारमा स्मार्टफोनको आपूर्ति सोचेअनुरुप बढ्न नसकेको हो ।

क्यानलिसले हालै सार्वजनिक गरेको एक रिपोर्टका अनुसार २०२३ को पहिलो तीन महिनामा विश्वबजारमा स्मार्टफोनको आपूर्ति गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले घटेको  छ ।

बजारको माग घटेका कारण स्मार्टफोनको आपूर्ति पनि घटेको हो । स्मार्टफोनको आपूर्ति कम भएपनि विश्वबजारको हिस्सामा भने सामसङ अगाडि छ ।

यो वर्षको पहिलो तीन महिनामा सामसङले बजारमा छ करोड तीन लाख थान स्मार्टफोन आपूर्ति गर्दा यसको बजार हिस्सा २२ प्रतिशत पुगेको छ ।

त्यस्तै बजारमा पाँच करोड ८० लाख थान स्मार्टफोन आपूर्ति गर्दा एप्पल २१ प्रतिशत बजार हिस्सासहित दोस्रो स्थानमा छ । साओमीको बजार हिस्सा ११ प्रतिशत छ भने ओप्पोको भने १० प्रतिशत छ ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८० १५:३