close

अब विन्डोजमा एप्पलको आईमेसेज प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

बैशाख १७, २०८० ८:३०

अब विन्डोजमा एप्पलको आईमेसेज प्रयोग गर्न सकिने

काठमाडौं । तपाईँसँग आईफोन छ तर म्याक नभई विन्डोज डेस्कटप प्रयोग गर्नुहुन्छ भने तपाईँको लागि नयाँ फिचर सार्वजनिक हुँदैछ । 

अब विन्डोज ११ मा पनि एप्पलको आईमेसेज प्रयोग गर्न सकिने भएको छ । यी दुई कम्पनीबिच यो फिचरको लागि सहकार्य भइरहेको जानकारी बाहिर आएको छ । माइक्रोसफ्टले चाँडै नै विन्डोज ११ का लागि आईमेसेजको एप उपलब्ध गराउने बताएको छ । 

एक सूचना जारी गर्दै कम्पनीले यस्तो बताएको हो । योसँगै अब आईफोन प्रयोगकर्ताले आफ्नो आईमेसेजमा आएका मेसेजहरू विन्डोजबाट नै रिप्लाइ गर्न तथा फोनकल गर्न सकिनेछ । 

ब्लुटुथ प्रयोग गरेर सहजै आफ्नो आईफोनलाई विन्डोज डेस्कटपमा लिङ्क गर्न सकिनेछ । यो फिचर सबैभन्दा पहिले परीक्षणका लागि यही फेब्रुअरी महिनामा विन्डोज इन्साइडरका लागि उपलब्ध गराइएको थियो । 

अन्य प्रयोगकर्ताका लागि यो फिचर वैशाखको अन्त्यसम्ममा उपलब्ध हुनेछ ।  

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८० ८:३०