काठमाडौं । ओपनएआईले च्याटजीपीटी सार्वजनिक गरेपछि एआई एकीकृत गरिएका थुप्रै च्याटबट निर्माण भएका छन् । त्यस्तै एआई डिटेक्टर टुल पनि निर्माण गरिएका छन्, जसको प्रयोगबाट एआई अथवा मानिसले लेखेको थाहा पाउन सकिने दाबी गरिएको छ ।
स्वयं ओपनएआईले पनि यस प्रकारको टुल तयार गरेको छ । त्यस्ता टुलले प्लेजरिजम अर्थात् बौद्धिक चोरीबाट बचाउने बताइएको छ । तर त्यस्ता टुलमा धेरै कमजोरी रहेका छन् । जसले गर्दा नतिजामा तपाईं ढुक्क भने हुन सक्नुहुन्न । आज हामी तपाईंलाई केही उत्कृष्ट एआई डिटेक्टर टुलबारे जानकारी दिँदै छौं ।
यो सशुल्क एआई डिटेक्टर टुल हो । यसले १०० शब्दका लागि ०.१ डलर (करिब १३ रुपैयाँ) लिने गर्छ । यस टुलले एआईले तयार पारेको सामग्री पत्ता लगाउनुका साथै प्लेजरिजम पनि परीक्षण गर्छ ।
यो टुल च्याटजीपीटी तयार पार्ने ओपनएआई कम्पनीले निर्माण गरेको हो । यसबाट नि:शुल्क एआई सामग्री परीक्षण गर्न सकिन्छ । तर यो नि:शुल्क प्रयोग गर्न भने अकाउन्ट खोलेको हुनुपर्छ ।
यो नि:शुल्क प्रयोग गर्न सकिने टुल हो । यसको क्रोम एक्सटेन्सन पनि छ । यसमा कुनै पनि टेक्स्ट राख्दा मानिस र एआईको फरक प्रतिशत देखाउने गर्छ । यसले एउटै स्क्यानबाट प्लेजरिजम र एआई सामग्री पहिचान गर्छ ।
यसमा अकाउन्ट नखोली नै केही स्क्यान निशुल्क गर्न सकिन्छ । अकाउन्ट खोलेपछि निःशुल्क चलाउन सकिन्छ । यसले टेक्स्ट एआईले लेखेको हो वा होइन भन्ने पत्ता लगाउँछ । तर प्लेजरिम भने परीक्षण गर्दैन ।
यसको सशुल्क र नि:शुल्क दुवै भर्सन छ । नि:शुल्क भर्सनमा केही पटक स्क्यान गर्न मिल्छ । त्यस्तै सशुल्क भर्सनमा प्लेजरिजम परीक्षण गर्न सकिन्छ । साथै एआई सामग्रीको पनि हाइलाइट हुने गर्छ ।
यसको पनि सशुल्क र नि:शुल्क दुवै भर्सन छ । त्यस्तै यसको क्रोम एक्सटेन्सन, एपीआई रहेको छ । यसले एआई सामग्री परीक्षण गर्दा हाइटलाइट गर्ने, स्कोर देखाउने आदि गर्छ ।