close

बौद्धिक अभ्यासमा यसरी प्रयोग गर्नुहोस् च्याटजीपीटी

टेकपाना टेकपाना

बैशाख २१, २०८० ८:४६

बौद्धिक अभ्यासमा यसरी प्रयोग गर्नुहोस् च्याटजीपीटी

काठमाडौं । प्रविधिमा रुचि राख्नेका लागि ओपन एआईको च्याटजीपीटी अनेक प्रयोजनका लागि उपयोगी हुन सक्छ । सार्वजनिक भएदेखि बेलाबखत च्याटजीपीटी विवादास्पद पनि बन्दै आएको छ । 

यो टुलले विद्यार्थीलाई गृहकार्य, वैज्ञानिकहरूलाई अनुसन्धान तथा सफ्टवेयर डेभलपरलाई कोडिङ गर्न सहयोग गर्दै आइरहेको छ । त्यस्तै यो टुल ‘ब्रेन स्ट्रोमिङ’ अर्थात बौद्धिक अभ्यासका लागि समेत निकै उपयोगी रहेको छ । 

टुलको यो विशेषताले लगभग हरेक क्षेत्रलाई सहयोग पुर्‍याउने बताइएको छ । तर यसले सधैँ सही उत्तर भने दिँदैन । 

ब्रेन स्ट्रोमिङका लागि यो टुल प्रयोग गर्दा तपाईं यो कुरामा भने सतर्क हुनु पर्छ । यसले उपलब्ध गराउने उत्तरमा दोहोरो परीक्षण गर्नुपर्ने हुन्छ । किनकी च्याटजीपीटीलाई हालका पछिल्ला डेटामा प्रशिक्षित गराइएको छैन ।  

हुन त मासिक २० डलर (करिब २६०० रुपैयाँ) शुल्क तिरेर जीपीटी फोर प्रयोग गर्न सकिन्छ । आज हामी ब्रेन स्ट्रोमिङका लागि च्याटजीपीटी कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारे बताउँदै छौं ।

 

सुरुवाती चरण

शक्तिशाली एल्गोरिदम भएकाले सबै कुरा गर्न सक्छ भन्ने सोच राखेर च्याटजीपीटीमा ब्रेन स्ट्रोमिङ गर्नु हुँदैन । यो टुलमा राम्रोसँग ब्रेन स्ट्रोमिङ गर्न खेस्रा विचारबाट सुरु गर्नुपर्ने हुन्छ । 

यसका लागि कहाँबाट सुरु गर्ने भन्ने चरण थाहा पाउनु पर्ने हुन्छ । जुन निकै महत्त्वपूर्ण छ । 

तपाईंले एउटा गतिलो प्रश्न भेटेपछि मात्र आफ्नो ब्रेन स्ट्रोमिङ प्रक्रियालाई अघि बढाउन सक्नुहुन्छ । त्यसपछि छोटा प्रश्नहरू गरेर ब्रेन स्ट्रर्मिङ सुरु गर्नुहोस् ।

किनकी सुरुमै लामा प्रश्न गर्दा तपाईं स्वयं अलमलमा पर्नुहुन्छ । यसो हुँदा तपाईंले खोजेको सामग्री फेला पार्न गाह्रो हुन्छ । 

 

सीमितताको बोध

च्याट जीपीटीलाई ब्रेन स्ट्रोमिङका लागि राम्ररी प्रयोग गर्नुछ भने च्याटबट बारे जानकार हुन आवश्यक छ । विशेष गरी कुन कुरामा च्याटबट राम्रो छ, कसरी खोजेको कुरा सजिलै भेट्ने, च्याटबटको कमजोरी के हो जस्ता कुरा थाहा पाउनु राम्रो हो ।

अझ च्याटबटले प्रतिक्रिया दिने समय पाउँदा राम्रो हुन्छ । यसले तपाईंको ब्रेन स्ट्रोमिङ प्रक्रियामा सुधार गर्न सहयोग पुर्‍याउँछ ।

 

निरन्तर प्रश्न 

च्याटजीपीटीमा उत्कृष्ट सूचना पाउनका लागि एउटै प्रश्न बारम्बार सोध्न सकिन्छ । टुलले प्रश्नमा तलमाथि गर्दा समेत फरक फरक उत्तर दिने गर्छ ।

यो प्रयास जति धेरै गर्‍यो, उति धेरै सूचना प्राप्त गर्न सकिन्छ । त्यसैले ब्रेन स्ट्रोमिङमा आफूले खोजेको उत्तर पाउन लगातार प्रश्न भने सोधिरहनु पर्ने हुन्छ ।

 

प्रोम्टमा लामो सूची 

च्याटजीपीटीमा लामो उत्तर दिने खालका प्रोम्ट प्रयोग गर्दा राम्रो उत्तर पाउन सक्ने सम्भावना बढी हुन्छ । जस्तो: कविता लेख्ने २० तरिका । 

यस्ता खालका प्रोम्ट प्रयोग गर्दा टुलले लामो उत्तर दिन्छ । उक्त उत्तरमा तपाईंले खोजिरहेको सूचना समेत हुन सक्छन् । यदि खोजेको जस्तो उत्तर पाउनु भएन भने त्यही प्रोम्टलाई पुनर्लेखन गरेर प्रयोग गर्न सक्नुहुन्छ ।

 

टुलका विविध पक्ष 

च्याटबटलाई एउटै आयामबाट प्रयोग गर्छु भनेर सोच्नुहुन्छ भने त्यो त्याग्नुहोस् । यसरी एउटै आयामका लागि मात्र च्याटबट प्रयोग गर्दा तपाईंले अन्य धेरै पाटो छुटाउनु हुन्छ ।

यो टुल विद्यार्थी, पत्रकार, वैज्ञानिक, कामदार सबैका लागि हो भन्ने सोचेर यसमा भएका विविध पक्ष प्रयोग गर्नुपर्ने हुन्छ । त्यसो गर्दा वेबमा नभेटिएका सूचना समेत तपाईंले फेला पार्न सक्नुहुन्छ ।

 

उदाहरण 

मानिसले उदाहरणबाट कुनै पनि कुरा चाँडै सिक्न सक्छ । यो मानिसको एउटा विशेषता हो । त्यसैले च्याटजीपीटीलाई पनि तपाईंले उदाहरण माग्नुपर्ने हुन्छ ।

जस्तो: तपाईंलाई प्रोम्ट इन्जिनियरिङबारे थाहा पाउनु छ भने कसरी प्रोम्ट इन्जिनियर बन्ने ? केके सीप चाहिन्छ ? जस्ता फरक फरक प्रश्न सोध्नु पर्ने हुन्छ । त्यसो गर्दा च्याटजीपीटीले थुप्रै उदाहरण दिनसक्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८० ८:४६