close

वैज्ञानिकहरूको नयाँ खोज, अब एआईले मान्छेको दिमागका कुरा पढ्न सक्ने

टेकपाना टेकपाना

बैशाख २१, २०८० २०:३२

वैज्ञानिकहरूको नयाँ खोज, अब एआईले मान्छेको दिमागका कुरा पढ्न सक्ने

काठमाडौं । "फलानो मान्छेले कुनै पनि व्यक्तिको दिमाग पढ्न सक्छ, यहाँसम्म कि सपनामा देखेको कुरा पनि बताउन सक्छ...," यस प्रकारका दाबी गर्ने तमाम व्यक्तिको बारेमा तपाईंले पनि सुन्नु भएकै होला । तर यो त्यस्तै कुनै व्यक्तिको नभएर मसिनको कुरा हो । 

सन् २०२३ को वर्ष सुरुवात देखि नै एआई अर्थात आर्टिफिसिएल इन्टेलिजेन्स (कृतिम बौद्धिकता) लोकप्रिय भइरहेको छ । यसका नयाँ नयाँ रूप सामुन्ने आइरहेका छन् । आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा एक नयाँ तरिका पहिचान भएको छ, जसले मानिसको दिमाग पढ्न सक्छ । 

युनिभर्सिटी अफ टेक्सासको एक रिपोर्टलाई आधार बनाउने हो भने एउटा यस्तो एआई मोडल विकास गरिएको छ, जसले मानिसको विचार पढ्न सक्छ । यो एआई सिस्टमलाई सिमेन्टिक डिकोडर नाम दिइएको छ । 

कस्तो हो यो प्रविधि ? 

यसले मानिसको दिमागी गतिविधिलाई अक्षरमा परिवर्तन गरिदिन सक्छ । यो अनुसन्धानलाई जेरि ट्याङ्ग र एलेक्स हुथले नेतृत्व गरेका छन् । यी दुवैको अध्ययन आंशिक रूपमा ट्रान्सफर मोडलमा आधारित छ ।

जसको प्रयोग गुगल बार्ड र ओपन एआई च्याट जीपीटीमा पनि गरिएको छ । पछिल्लो नवप्रवर्तन पश्चात् वैज्ञानिकहरूले यो प्रविधिमार्फत अपाङ्गता भएका तथा प्यारालाइसिसको अवस्थामा मानिसहरूलाई सहयोग पुग्न सक्ने आशा गरेका छन् । 

यो पछिल्लो प्रविधि वास्तवमा एउटा एआईमा आधारित डिकोडर हो, जसले दिमागका हर्कतलाई अक्षरमा प्रसारण गर्न सक्छ । अर्थात् यसको मद्दतले कुनै व्यक्तिको विचार पढ्न सकिन्छ । 

कसरी काम गर्छ ? 

न्युरो साइन्स तथा मेडिकल साइन्सको इतिहासमा यस्तो पहिले कहिल्यै भएको छैन । यो अध्ययनका लागि तीन जनालाई एमआरआई मसिनमा पठाइएको थियो र उनीहरूलाई कथा कहानी सुन्न भनिएको थियो । वैज्ञानिकहरूको दाबी छ कि बिना कुनै ब्रेन इम्प्लान्टको सहयोगमा सहभागीहरूको विचारलाई अक्षरमा उतारियो । 

स्मरणीय कुरा के छ भने दिमाग पढ्न सक्ने प्रविधि कुनै व्यक्तिको विचारका मुख्य बुँदाहरूलाई पकड्न सक्छ । यसको सहयोगमा हुबहु कसैको विचार पढ्न भने सकिँदैन । यद्यपि यो प्रविधिलाई प्रशिक्षित गर्ने कार्य चलिरहेको छ । यसका साथै कयौं व्यक्तिको दिमागको गोपनीयतालाई लिएर पनि सवाल उठ्न  थालेका छन् । 

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८० २०:३७