close

नेपालमा गुगलको एआई च्याटबट ‘बार्ड’ उपलब्ध, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

बैशाख २२, २०८० १६:५७

नेपालमा गुगलको एआई च्याटबट ‘बार्ड’ उपलब्ध, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) मा आधारित गुगलको च्याटबट 'बार्ड' नेपालमा पनि उपलब्ध हुन थालेको छ । यसअघि अमेरिका, बेलायत र क्यानडासहित केही सीमित देशमा उपलब्ध यो एआई टुल अब नेपालबाट पनि प्रयोग गर्न सकिन्छ ।

नेपालबाट प्रयोग गर्न वेटलिस्टमा सहभागी हुनुपर्छ । वेटलिस्टमा ज्वाइन हुन र बार्ड प्रयाेग गर्न तलकाे प्रक्रिया अपनाउनुहाेस्:

बार्ड प्रयोग गर्न तलको प्रक्रिया अपनाउनुहोस्:

- सबैभन्दा पहिले यहाँ क्लिक गरी बार्डको वेबसाइटमा जानुहोस् ।

- त्यसपछि 'जोइन वेटलिस्ट' (Join Waitlist) मा क्लिक गर्नुहोस् ।

-  अनि, प्राइभेसीको अप्सनमा टिक लगाएर पुनः 'जोइन वेटलिस्ट' मा क्लिक गर्नुहोस् ।

-  यति भएपछि तपाईं वेटलिस्टमा सहभागी हुनुहुन्छ । त्यसको केही समयपछि तपाईंले बार्ड प्रयोग गर्न सक्नुहुन्छ भनेर ईमेल आउँछ । यति भएपछि तपाईंले च्याटजीपीटी जस्तै बार्ड प्रयोग गर्न सक्नुहुन्छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८० १६:५७