काठमाडौं । नेपाली बजारमा एसुसको नयाँ प्रिमियम ल्यापटप सार्वजनिक भएको छ । नेपालका लागि एसुसको आधिकारिक बिक्रेता नागमणि इन्टरनेसनलले सोमबार एक कार्यक्रम आयोजना गर्दै जेनबुक १४ यूएम ३४०२ राइजेन फाइभ र जेनबुक १४ यूएम ३४०२ राइजेन सेभेन मोडेलका ल्यापटप सार्वजनिक गरेको हो ।
एसुसको जेनबुक सिरिजले प्रयोगकर्तालाई पहिले कहिल्यै अनुभव नगरेका फिचरहरूको आनन्द दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार जेनबुक यूएम मोडेलमा ७५ वाटको ब्याट्री रहेको छ, जसले लगातार १८ घण्टासम्म पावर उपलब्ध गराउने छ ।
त्यस्तै ल्यापटप डाउन भएपनि ४९ मिनेटमै ६० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार जेनबुक १४ यूएम ३४०२ राइजेन मोडेल एएमडी राइजेन ७०० सिरिज प्रोसेसरद्वारा सञ्चालित छ, जसमा १६ जीबी र्याम र एएमडी र्याडिओन ग्राफिक्स रहेको छ ।
त्यस्तै पीसीआईई एसएसडी (PCIe SSDs) ले प्रयोगकर्ताका विभिन्न कामलाई सहज ढङ्गले सम्पन्न गर्ने कम्पनीले उल्लेख गरेको छ । यसमा भएको वाई-फाई सिक्स ई (८०२.११ एएक्स) ले प्रयोगकर्तालाई गिगाबिट क्लासको वायेरलेस अनुभव दिने कम्पनीको दाबी छ ।
मूल्य
जेनबुक १४ यूएम ३४०२ राइजेन सेभेनको मूल्य एक लाख ४४ हजार ४४४ रुपैयाँ र जेनबुक १४ यूएम ३४०२ राइजेन फाइभको मूल्य एक लाख २२ हजार २२२ रुपैयाँ तोकिएको छ ।
यी मोडेलका ल्यापटप आजदेखि विभिन्न कम्प्युटर स्टोर, दराज अनलाइन र नागमणिको वेबसाइटमार्फत् खरिद गर्न सकिनेछ ।
फिचर
जेनबुक १४ यूएम ३४०२ फाइभमा एएमडी राइजेन फाइभ ७५३० यू मोबाइल प्रोसेसर (६-कोर/१२-थ्रेट्स, १६ एमबी क्यास) रहेको छ ।
१४ इन्च १६:१० रेजाेलुसन, स्लिम बेजल, नानो एज डिस्प्ले रहेको यो ल्यापटप विन्डोज ११ द्वारा सञ्चालित छ । ग्राफिक्सको सन्दर्भमा भने यसमा एएमडी र्याडिओन ग्राफिक्स प्रयोग भएको कम्पनीले उल्लेख गरेको छ ।
राइजेन फाइभ मोडेलको बोर्डमा ८ जीबी एलपीडीडीआर ४ एक्स मेमोरी रहेको छ भने यसमा ५१२ जीबी स्टोरेज रहेको छ । कनेक्टिभिटीका हिसाबले राइजेन फाइभ मोडेलमा ब्लुटुथ फाइभ, वाई-फाई सिक्स ई रहेको छ ।
७२० पिक्सेल एचडी क्यामेरा भएको यस मोडेलमा एसुस नम्बरप्याड २.० (ASUS NumberPad 2.0) टचप्याड रहेको छ । कम्पनीले राइजेन फाइभ मोडेलमा विभिन्न आईओ पोर्टहरू उपलब्ध गराएको छ ।
विशेषगरी एउटा टाइप ए यूएसबी ३.२ जेन टु, दुई ओटा थन्डरबोल्ट फोर, २.१ टीएमडीएस एचडीएमआई, ३.५ एमएम अडियो ज्याक र माइक्रो एसडी कार्ड रिडर पोर्ट रहेका छन् ।
यसमा ७५ वाट आवर फोर सेल लिथियम पोलिमर ब्याट्री रहेको छ, जसलाई चार्ज गर्न ६५ वाट टाइप-सी एसी एडप्टर उपलब्ध गराइएको छ । यस ल्यापटपको तौल एक किलो ४०० ग्राम रहेको छ ।
एसुस जेनबुक १४ यूएम ३४०२ सेभेनका विशेषताहरू
जेनबुक १४ यूएम ३४०२ सेभेनमा एएमडी राइजेन फाइभ ७७३० यू मोबाइल प्रोसेसर (८-कोर/१६-थ्रेट्स, १६ एमबी क्यास) रहेको छ । १४ इन्च १६:१० रेजाेलुसन, स्लिम बेजल, नानो एज डिस्प्ले रहेको यो ल्यापटप विन्डोज ११ द्वारा सञ्चालित छ । ग्राफिक्सको सन्दर्भमा भने यसमा एएमडी र्याडिओन ग्राफिक्स प्रयोग भएको कम्पनीले उल्लेख गरेको छ ।
राइजेन सेभेन मोडेलको बोर्डमा १६ जीबी एलपीडीडीआर ४ एक्स मेमोरी रहेको छ भने यसमा १ टीबी स्टोरेज रहेको छ । कनेक्टिभिटीका हिसाबले राइजेन सेभेन मोडेलमा ब्लुटुथ फाइभ, वाई-फाई सिक्स ई रहेको छ ।
७२० पिक्सेल एचडी क्यामेरा भएको यस मोडेलमा एसुस नम्बरप्याड २.० (ASUS NumberPad 2.0) टचप्याड रहेको छ । कम्पनीले राइजेन सेभेन मोडेलमा विभिन्न आईओ पोर्टहरू उपलब्ध गराएको छ ।
विशेषगरी एउटा टाइप ए-यूएसबी ३.२ जेन टु, दुई ओटा थन्डरबोल्ट फोर, २.१ टीएमडीएस एचडीएमआई, ३.५ एमएम अडियो ज्याक र माइक्रो एसडी कार्ड रिडर पोर्ट रहेका छन् ।