close

आज गुगलको पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक हुँदै

टेकपाना टेकपाना

बैशाख २७, २०८० १८:२१

आज गुगलको पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक हुँदै

काठमाडौं । गुगलको पहिलो फोल्डेबल फोन आज सार्वजनिक हुने भएको छ । कम्पनीले 'गुगल आई/ओ २०२३'कार्यक्रम आयोजना गर्दै 'पिक्सेल फोल्ड सार्वजनिक गर्न लागेको हो ।

नेपाली समय अनुसार आज राति १०:४५ बजे तय गरिएको कार्यक्रममा कम्पनीले यस मोडेलबारे थप जानकारी सार्वजनिक गर्नेछ । यद्यपि फोनका विभिन्न फिचर बाहिरिसकेका छन् ।

बाहिरिएका विभिन्न जानकारीलाई आधार मान्ने हो भने पिक्सेल फोल्डमा ५.८ इन्चको बाहिरी ओलेड डिस्प्ले र ७.६ इन्चको भित्री डिस्प्ले हुनेछ । ७२ घण्टासम्म चार्ज टिक्ने बताइएकाे फोनमा १२ मेगापिक्सेलका दुईओटा क्यामेरा र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा हुनेछ ।

त्यस्तै फोनमा पिक्सेल सेभेन र सेभेन प्रोमा प्रयोग गरिएको गुगलको आफ्नै टेन्सर जी टू चिपसेट प्रयोग हुनेछ भने रिफ्रेस रेट १२० हर्जसम्मको हुनेछ ।

यसैगरी यो फोन कालो र सेतो गरी दुई रङमा उपलब्ध हुने जनाइएको छ । पानी प्रतिरोधी हुने बताइएको 'पिक्सेल फोल्ड' एन्ड्रोइड १३ मा आधारित हुनेछ भने १२ जीबी र्‍याममा उपलब्ध हुनेछ ।

२५६ जीबी स्टोरेज क्षमता भएको फोनको मूल्य १८०० डलर (करिब दुई लाख ३६ लाख रुपैयाँ) र ५१२ जीबी स्टोरेज क्षमता भएको फोनको मूल्य १९२० डलर (करिब दुई लाख ५१ हजार रुपैयाँ) हुने अनुमान छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८० ८:२३