close

थाहै नदिई लिङ्क्डइनमा अरुको प्रोफाइल चेक गर्ने तरिका

टेकपाना टेकपाना

बैशाख २८, २०८० २२:४

थाहै नदिई लिङ्क्डइनमा अरुको प्रोफाइल चेक गर्ने तरिका

काठमाडौं । अनलाइनमा जागिर खोज्न विभिन्न माध्यम छन् । तीमध्ये लिङ्क्डइन पनि एक हो । हुन त यो सामाजिक सञ्जाल त्यस कामका लागि बनाइएको होइन । तर यसमा नयाँ जागिर खोज्न सकिन्छ । त्यसो हुनाले जागिर खोजिरहेकाले पोष्ट गर्ने व्यक्ति/कम्पनीको प्रोफाइल चेक गर्ने गर्छन् ।

तर त्यसाे गर्दा कसले आफ्नो पोस्ट हेर्‍याे भनेर सजिलै हेर्न सकिने फिचर लिङ्क्डइनमा छ । त्यस्तै यो कुरा नोटिफिकेसनमार्फत पनि उक्त व्यक्तिले थाहा पाउन सक्छ । तर लिङ्क्डइनमा नै भएको प्राइभेट मोड प्रयोग गरी यो समस्याबाट मुक्त हुन सकिन्छ ।

त्यसो हुँदा प्रोफाइल हेरेको थाहा हुन्छ, तर कसले हेरेकाे भनेर थाहा हुँदैन । आज हामी तपाईंलाई थाहै नदिई लिङ्क्डइनमा अरूको प्रोफाइल चेक गर्ने तरिकाबारे जानकारी दिँदै छौं:

-सबैभन्दा पहिले लिङ्क्डइनमा लगइन गर्नुहोस् ।

-दायाँ माथि रहेको ‘मी’ भन्ने आइकनमा ट्याब गर्नुहोस् ।

 

-अलि तल स्क्रोल गरेर ’सेटिङ एन्ड प्राइभेसी’ विकल्प चयन गर्नुहोस् ।

-त्यहाँ विभिन्न विकल्प देखिन्छ । तीमध्ये ‘प्रोफाइल भ्युइङ अप्सन’ क्लिक गर्नुहोस् । अब त्यहाँ ‘योर नेम एन्ड हेडलाइन’, ‘प्राइभेट प्रोफाइल क्यारेक्टरिस्टिक्स’ र ‘प्राइभेट मोड’ विकल्प देखिन्छ । 

-अब प्रोफाइल चेक गर्दा उक्त व्यक्तिले तपाईंको कुनै पनि विवरण नदेखोस् भन्ने चाहनुहुन्छ भने ‘प्राइभेट मोड’ मा क्लिक गर्नुहोस्  ।

त्यस्तै तपाईंले लिङ्क्डइनको प्रिमियम सब्सक्रिप्सन लिनुभएको छ भने सिधै प्राइभेट मोडमा व्यक्तिको प्रोफाइल चेक गर्न सक्नुहुन्छ । साथै गत ९० दिनसम्म क-कसले तपाईंको प्रोफाइल हेरे, त्यो पनि हेर्न सकिन्छ । यो सुविधा फ्रि अकाउन्टमा भने दिइएको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८० २२:४