close

ह्वाट्सएपमा आउने फोटो र भिडिओ आफैं डाउनलोड हुन्छ ? यसरी गर्नुहोस् बन्द

टेकपाना टेकपाना

बैशाख ३०, २०८० ६:२३

ह्वाट्सएपमा आउने फोटो र भिडिओ आफैं डाउनलोड हुन्छ ? यसरी गर्नुहोस् बन्द

काठमाडौं । ह्वाट्सएपमा कसैले पठाएको फोटो या भिडिओ फाेनकाे ग्यालरीमा स्वत: डाउनलोड हुन्छ । यो ह्वाट्सएपको डिफल्ट सेटिङ हो ।

फोनमा कम स्टोरेज छ भने यस फिचरले तपाईंलाई दिक्क बनाउन सक्छ । तर यसलाई बन्द गर्न सकिन्छ । आज हामी तपाईंलाई यही कुरा जानकारी दिन जाँदै छौं:

एन्ड्रोइडमा यसरी गर्नुहोस् बन्द

-ह्वाटस्एपमा लगइन गर्नुहोस् ।

-माथि दायाँ भागमा रहेको तीन ओटा डट आइकनमा ट्याप गर्नुहोस् ।

-‘सेटिङ’ मा गएर ‘स्टोरेज एन्ड डेटा’ मा जानुहोस् ।

 

- अब ‘मिडिया अटो-डाउनलोड’ सेक्सन देखिन्छ । यसभित्र ‘ह्वेन युजिङ मोबाइल डेटा’, ‘ह्वेन कनेक्टेड टू वाई-फाई’ र ‘ह्वेन रोमिङ’ भन्ने विकल्प देखिन्छ ।

 

 

-अब ‘ह्वेन युजिङ मोबाइल डेटा’ छान्नुहोस् । त्यहाँ फोटोज, अडियो, भिडिओ र डकुमेन्ट्स रहेको चेक मार्क देखिन्छ । ती सबैलाई डिसेलेक्ट गर्नुहोस् । त्यसपछि ‘ओके’ प्रेस गर्नुहोस् । 

 

 

-त्यसपछि ‘ह्वेन कनेक्टेड टू वाई-फाई’ र ‘ह्वेन रोमिङ’मा गएर पनि उही प्रक्रिया दोहोर्‍याउनुहोस् । 

अब ह्वाट्सएप चलाउँदा मिडिया स्वत: डाउनलोड हुन बन्द हुन्छ ।

आईओएसमा यसरी गर्नुहोस् बन्द

-ह्वाटस्एपमा लगइन गर्नुहोस् ।

-माथिदायाँ भागमा रहेको तीन ओटा डट आइकनमा ट्याप गर्नुहोस् ।

-‘सेटिङ’ मा जानुहोस् ।

- ‘स्टोरेज एन्ड डेटा’ मा जानुहोस् । त्यसभित्र ‘मिडिया अटो डाउनलोड’ सेक्सन देखिन्छ । त्यहाँ ‘अटो डाउनलोड’ सेटिङमा गएर ‘फोटो’ सेलेक्ट गर्नुहोस् ।

-त्यसपछि ‘नेभर’, ‘वाई-फाई’ र ‘वाई-फाई एन्ड सेलुलर’ भन्ने विकल्प देखिन्छ । त्यहाँ ‘नेभर’ चयन गर्नुहोस् ।

-यसरी नै अडियो, भिडिओ र डकुमेन्टसमा पनि गएर ‘नेभर’ क्लिक गर्नुहोस् । अब आईओएसमा पनि ह्वाट्सएप चलाउँदा मिडिया स्वत: डाउनलोड हुन बन्द हुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८० ६:२३