close

कडा क्रिप्टो नीतिका कारण क्यानडाबाट बाहिरिदै बाइनान्स

टेकपाना टेकपाना

बैशाख ३१, २०८० ९:२१

कडा क्रिप्टो नीतिका कारण क्यानडाबाट बाहिरिदै बाइनान्स

काठमाडौं । विश्वको ठूला क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी मध्येको एक बाइनान्सले क्यानडामा आफ्नो कारोबार गरेको छ । कम्पनीले क्यानडमा क्रिप्टो सम्बन्धी लगानीमैत्री नीति नभएको भन्दै त्यो देशबाट आफ्नो हात झिकेको हो । 

यही फेब्रुअरी महिनामा क्यानाडेली सेक्युरिटीज एडमिनिस्ट्रेटर (CSA) ले क्रिप्टो सम्बन्धी नयाँ निर्देशन जारी गरेको थियो । उक्त निर्देशनमा क्रिप्टो ट्रेडिंग प्लेटफर्महरूलाई दर्ता गर्न वा सो देशमा व्यवसाय छोड्नका लागि ३० दिनको समय दिएको थियो । 

साथै दर्ता भएका कम्पनीहरूले देशको कडा नीतिलाई पालना गर्नुपर्ने निर्देशनमा उल्लेख छ । उक्त निर्देशनका अनुसार कुनै पनि क्रिप्टो कम्पनीले प्रयोगकर्तालाई स्टेबलक्वाइन खरिद गर्न वा जम्मा गर्न अनुमति दिनु अघि सरकारको स्वीकृति लिनुपर्नेछ । 

यस्तै अन्य कडा नीति कै कारण बाइनान्सले क्यानडामा आफ्नो कारोबार बन्द गर्न लागेको बताएको छ । 

पछिल्लो समयमा उत्तरी अमेरिकी क्षेत्रमा क्रिप्टोकरेन्सी एउटा गहन छानबिनको विषय बनेको छ । यसलाई विभिन्न आपराधिक गतिविधिसँग जोड्दै विभिन्न देशहरूले क्रिप्टोमाथि कडा निगरानी राख्नेगरी नियमहरू बनाउन थालेका छन् ।  

स्थिति अनुकुल भएको अवस्थामा आफ्नो सेवा क्यानडामा पुन: सुचारु गर्न तयार रहेको कम्पनीले जनाएको छ । 
 

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८० ९:२१