close

ईसेवाबाट यसरी जम्मा गर्नुहोस् सहकारीमा रकम

टेकपाना टेकपाना

बैशाख ३१, २०८० १४:३७

ईसेवाबाट यसरी जम्मा गर्नुहोस् सहकारीमा रकम

काठमाडौं । डिजिटल वालेट ईसेवाले सुरुवातबाटै सहकारीमा रकम जम्मा गर्ने फिचर ल्याएको थियो । पछिल्लो समय ईसेवाको उक्त फिचर परिष्कृत हुँदै गएको छ । विशेषगरी सहकारीमा रकम जम्मा गर्न, किस्ता तिर्न वा अन्य विभिन्न किसिमका भुक्तानी गर्न ईसेवाको 'सहकारी डिपोजिट' फिचर प्रयोग गर्न सकिन्छ ।

कम्पनीका अनुसार अहिले ईसेवामा ५०० बढी सहकारी आबद्ध छन् । आज हामी ईसेवामा आबद्ध भएका देशभरका विभिन्न सहकारीमा कसरी रकम जम्मा गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।

 -   सबैभन्दा पहिले ईसेवाको एप खोल्नुहोस् ।

-   त्यसपछि होमपेजमा रहेको सहकारी डिपोजिटको अप्सनमा ट्याप गर्नुहोस् ।

-   यति गरेपछि सबैभन्दा पहिले आफ्नो प्रदेश छान्नुहोस् ।

-   त्यसपछि तल जिल्ला छान्नुहोस् ।

-   अनि, डेस्टिनेसन सहकारीको अप्सनमा गएर आफूले रकम जम्मा गर्नुपर्ने सहकारीको नाम छान्नुहोस् ।

-   त्यसभन्दा तल अकाउन्ट नम्बर राख्नुहोस् ।

-   यति गरेर त्यसभन्दा तल रहेको बक्समा अकाउन्ट होल्डरको नाम राख्नुहोस् ।

-   अनि रकम र रिमार्क्स राखी चेक ट्रान्सफर बटनमा ट्याप गर्नुहोस् ।

-   यति भएपछि सहकारीको विवरण र रकम सही छ वा छैन भन्ने पेजमा देख्न सकिन्छ ।

-   त्यसपछि कन्फर्ममा ट्याब गरेर पिन नम्बर राख्नुभयो भने रकम डिपोजिट हुन्छ ।

त्यस्तै सहकारीमा किस्ता तिर्नुपर्ने छ भने पनि यही तरिका अपनाएर तिर्न सकिन्छ । जुन सहकारीको भेन्डर (डिजिटल सिस्टम तयार पार्ने कम्पनी) ले ईसेवासँग सहकार्य गरेर सिस्टम इन्ट्रिगेट गरेको छ त्यस्तो सहकारीमा मात्र ईसेवाबाट रकम डिपोजिट गर्न सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८० १४:४०