काठमाडौं । ह्वावेले आफ्ना एसिया प्रशान्तका साझेदारहरूका लागि एक सम्मेलन आयोजना गरेको छ । एसिया प्रशान्तमा प्रविधिको वृद्धि र विकास गर्ने उद्देश्यसहित भएको सम्मेलनमा १० देशका १२०० भन्दा बढी साझेदारहरुको सहभागिता रहेको थियाे ।
यस क्षेत्रमा ७९०० भन्दा बढी उद्यम साझेदारहरू र २००० भन्दा बढी क्लाउड साझेदारहरूलाई विभिन्न प्रोत्साहन प्याकेजहरूका साथै लगानीमा वृद्धि गरेर आफ्नो साझेदार सञ्जाललाई सुदृढ र सबल बनाउने योजना ह्वावेले ल्याएको छ ।
नयाँ साझेदार कार्यक्रमहरूले ग्राहकहरुलाई प्रविधि अझै किफायती हुने, डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र डिजिटल उत्पादकत्वमा वृद्धि ल्याउने कम्पनीको विश्वास छ ।
सम्मेलनकाे अवसर पारी ह्वावेले एसिया प्रशान्तका लागि ६ नयाँ सहकार्य योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत सरकार, वित्त, विद्युत, सडक, जलमार्ग र बन्दरगाह प्रत्येक लागि एक योजना साथै स्वतन्त्र सफ्टवेयर विक्रेता र डेटा सेन्टर साेलुसन्सका क्षेत्रहरूका लागि प्याकेज ल्याइएको छ ।
नयाँ सहकार्य योजनालाई अनुमोदन गरी औद्योगिक डिजिटल रुपान्तरणमा सम्पूर्ण साझेदारहरुले आफूलाई साथ दिने ह्वावेले प्रतिबद्धता जनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ ४, २०८० १६:३२
