close

गरिब परिवार परिचयपत्रलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरिने

टेकपाना टेकपाना

जेठ ५, २०८० १६:५२

गरिब परिवार परिचयपत्रलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरिने

काठमाडौं । सरकारले गरिब परिवार परिचयपत्रलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गर्ने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी दिएका हुन् ।

यसअन्तर्गत गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम दुई वर्षभित्र सम्पन्न गरिने उनले जानकारी दिए ।

साथै यस्तो परिचयत्रलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्दै सामाजिक सुरक्षा कार्डमा रुपान्तरण गर्ने योजना ल्याइएको छ । 
 

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १६:५२