close

इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तण गर्ने प्रविधिलाई सहुलियत दिने सरकारको घोषणा

टेकपाना टेकपाना

जेठ ५, २०८० १७:२३

इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तण गर्ने प्रविधिलाई सहुलियत दिने सरकारको घोषणा

काठमाडौ । सरकारले इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तण गर्ने प्रविधिलाई सहुलियत दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी दिएका हुन् ।

''ग्यास, डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय ऊर्जाबाट चल्नेगरी रुपान्तरण गर्ने प्रविधिलाई सहुलियत सहित प्राथमिकता दिइनेछ,'' उनले भने ।

त्यस्तै सरकारले सहरमा क्रमशः विद्युतीय यातायात सञ्चालनको व्यवस्था गर्ने याेजना पनि ल्याएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १७:२३