close

तिलगङ्गा आँखा अस्पतालले उत्पादन गरेको लेन्सलाई विश्व बजारमा ब्रान्डिङ गरिने

टेकपाना टेकपाना

जेठ ५, २०८० १९:१२

तिलगङ्गा आँखा अस्पतालले उत्पादन गरेको लेन्सलाई विश्व बजारमा ब्रान्डिङ गरिने

काठमाडौं । सरकारले तिलगङ्गा आँखा अस्पतालबाट उत्पादित लेन्सलाई विश्व बजारमा ब्रान्डिङ गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धिका लागि 'मेक इन नेपाल' र 'मेड इन नेपाल' अभियानलाई सहयोग पुर्‍याउन यस्तो कार्यक्रम ल्याइएको हो ।

यो अभियान अन्तर्गत हिमालको पानी प्रशोधन सहित व्यावसायिक उत्पादन गर्ने र २० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तुहरू खरिद गर्ने प्रबन्ध मिलाउने नीति सरकारले लिएको छ ।

उद्योग तथा लगानी प्रवर्द्धनसँग प्रत्यक्ष सरोकार राख्न कानूनी व्यवस्थालाई एकीकृत गर्दै नयाँ औद्योगिक विकास ऐन तर्जुमा गरिने विषय समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।  "आत्मनिर्भर हुनसक्ने वस्तु तथा सेवा उत्पादन गर्ने सम्भावित उद्योगहरू पहिचान गरी त्यस्ता उद्योगहरूको विकास र स्थायित्वका लागि नीतिगत प्रबन्ध गरिनेछ," नीति तथा कार्यक्रममा भनिएको छ । 

पछिल्लो अध्यावधिक: जेठ ८, २०८० १५:५७