close

क्षणभरमै चाहेको जस्तो फोटो तोडमोड गर्न सकिने एआई टुल आउँदै

टेकपाना टेकपाना

जेठ ६, २०८० १४:५१

क्षणभरमै चाहेको जस्तो फोटो तोडमोड गर्न सकिने एआई टुल आउँदै

काठमाडौं । कुनै एउटा तस्वीरलाई एडिट गरेर आफूले चाहेको जस्तै बनाउन धेरै कुरा आवश्यक पर्छ । सबैभन्दा पहिले त फोटो एडिटिङको सीप हुनुपर्‍यो । सीपसँगै उक्त फोटो एडिट गर्ने सफ्टवेयर वा एपको पहुँच हुनुपर्‍यो ।

तर, पछिल्लो समय एआईको प्रयोग फोटो एडिटिङमा पनि बढी हुन थालेको छ । हालै सार्वजनिक एक रिसर्च पेपरले फोटो एडिटिङका लागि एआई टुलको प्रयोगबारे डेमो सार्वजनिक गरेको छ । जसको सहायताले फोटोलाई आफूले चाहेजस्तै तोडमोड गरी एडिट गर्न सकिने बताइएको छ ।  

उक्त रिपोर्टमा एआई टुलको सहायताले फोटोको थ्रीडी भ्यु परिवर्तन गर्न सकिने, सामान्य अनुहारलाई मुस्कुराइरहेको बनाउने, फोटोलाई आफूले चाहेजस्तो कोणबाट रोटेट गर्न सकिने रिसर्च पेपरमा उल्लेख छ ।

उक्त वेबसाइटले केही भिडिओ सार्वजनिक गरेको छ, जसमा फोटोलाई केही क्लिक गरेकै भरमा परिवर्तन भएको देख्न सकिन्छ ।

यहाँ क्लिक गरेर उक्त रिसर्च पेपरमा समावेश गरिएका भिडिओ हेर्न सकिन्छ । ड्रयाग जीएन नामक एआई टुलबाट एडिट गर्न सकिनेछ । एप पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन ।

अहिले 'जीएन' जस्ता एआई टुल प्रयोग गरेर फोटो एडिट गर्ने गरिन्छ । तर, यसमा भएका कमजोरीलाई ड्रयाग जेनले समाधान गर्ने बताइएको छ । यसले प्रयोगकर्ताले भनेको जस्तै फोटोलाई एडिट गर्नसक्ने बताइएको छ ।

डेमोका रूपमा भिडिओ सार्वजनिक भएको यस टुललाई सर्वसाधारणले कहिले प्रयोग गर्छन् भन्नेबारे केही खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: जेठ ६, २०८० १४:५१