close

आईएमई पेबाट हवाई टिकट काट्दा १२५ रुपैयाँभन्दा बढी क्याशब्याक पाइने

टेकपाना टेकपाना

जेठ १०, २०८० ९:११

आईएमई पेबाट हवाई टिकट काट्दा १२५ रुपैयाँभन्दा बढी क्याशब्याक पाइने

काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले आफ्ना ग्राहकको लागि नयाँ क्याशब्याक अफर लिएर आएको  छ । 

यस अफर अन्तर्गत, प्रयोगकर्ताले कुनै पनि वायुसेवा कम्पनीको हवाई टिकट आईएमई पेबाट काट्दा १२५ रुपैयाँभन्दा बढी क्याशब्याक प्राप्त गर्न सक्नेछन् । फरक-फरक कम्पनी अनुसार ग्राहकले हवाइ टिकटमा ७५ रुपैयाँ वा सो भन्दा बढी क्याशब्याक पाउन सक्नेछन् । 

साथै हवाई टिकट खरिद गर्दा 'BONUS' प्रोमोकोड प्रयोग गर्दा थप ५० रुपैयाँ गरि कम्तिमा १२५ रुपैयाँ वा सो भन्दा बढी क्यासब्याक पाउन सकिनेछ । 

यो प्रोमोकोड असार ६ गतेसम्म मा लागू हुनेछ भने प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउनेछन् । 
 

पछिल्लो अध्यावधिक: जेठ १०, २०८० ९:११