close

आइएमई पेमा रु. १ को खेल, सामसङ ग्यालेक्सी ए१४ जित्न सकिने

टेकपाना टेकपाना

जेठ ११, २०८० १७:३१

आइएमई पेमा रु. १ को खेल, सामसङ ग्यालेक्सी ए१४ जित्न सकिने

काठमाडौं । भुक्तानी सेवाप्रदायक आइएमई पेले नयाँ अफर ल्याएको छ । कम्पनीले आफ्नो एपमा ‘रु १ मा के, सामसङ इन आइएमई पे’ नामक खेल ल्याएको हो ।

यसअन्तर्गत आइएमई पे प्रयोगकर्ताले रु. १ मा खेल खेली सामसङ ग्यालेक्सी ए१४ फाइभजी स्मार्टफोन जित्नसक्ने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले आइएमई पे एपको होमपेजमा 'रु १ मा के' ब्यानरमा गई यो खेल खेल्नुपर्नेछ ।

प्रयोगकर्ताहरूले धेरै पटक रु. १ तिरी सो खेल खेल्नसक्ने र अफरको अन्त्यमा एक भाग्यशाली विजेताको घोषणा गरिने कम्पनीले जानकारी दिएको छ ।

साथै अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता गरिने पनि कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८० १७:३१