close

विराटनगरमा आज एनसेलको कन्सर्ट

टेकपाना टेकपाना

जेठ १३, २०८० १०:२२

विराटनगरमा आज एनसेलको कन्सर्ट

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेल आजियाटाले आज विराटनगरमा साङ्गीतिक कन्सर्ट गर्ने भएको छ । चर्चित कलाकार तथा साङ्गीतिक समूहहरूको प्रस्तुतिका साथ कम्पनीले हाटखोला मैदानमा कन्सर्ट आयोजना गर्न लागेको हो ।

कन्सर्टमा चर्चित कलाकारहरू तथा ब्याण्ड दिपक बज्राचार्य र रिदम ब्यान्ड, आशिष राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारी आदीको आ–आफ्ना प्रस्तुतिहरू राखी दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने छन् ।

कन्सर्ट दिउँसो २ बजेबाट सुरु भई बेलुका ८.३० बजेसम्म चल्नेछ । साङ्गीतिक कार्यक्रममा सहभागी हुन इच्छुक एनसेल ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकहाँ सम्पर्क गरी कार्यक्रमको टिकट लिनसक्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८० १२:४८