close

आठ महिनामा प्रिन्ट हुने स्मार्ट लाइसेन्सको सङ्ख्या जम्मा ५ लाख मात्रै

टेकपाना टेकपाना

जेठ १४, २०८० १६:२४

आठ महिनामा प्रिन्ट हुने स्मार्ट लाइसेन्सको सङ्ख्या जम्मा ५ लाख मात्रै

काठमाडौं । २०७९ फागुन मसान्त सम्म ३२ लाख ३१ हजार ४७५ स्मार्ट लाइसेन्स प्रिन्ट भएका छन् । आइतबार सार्वजनिक आर्थिक सर्वेक्षण (२०७९/०८०) अनुसार चालू आर्थिक वर्षको फागुनसम्म मात्रै पाँच लाख दुई हजार २२ सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट भएका हुन् । 

सरकारले स्मार्ट लाइसेन्स प्रिन्टिङमा ढिलाइ गर्दा ट्रायल पास गर्ने सवारी चालकले वर्ष दिनसम्म पनि स्मार्ट लाइसेन्स पाउन नसक्ने अवस्था रहेको छ । गत असारसम्म यस्ता २७ लाख २९ हजार ४५३ स्मार्ट लाइसेन्स प्रिन्ट भएका थिए । 

गत असारसम्म ३१ ओटा यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमा विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली लागू भएकोमा चालु आर्थिक वर्षको फागुन सम्म थप पाँच यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमा यसको विस्तार गरिएको छ । जसमा रौतहटको गौर, चितवन, सप्तरीको राजविराज, पाल्पा र रुकुम चौरजहारी रहेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १४, २०८० १६:२४