close

अव्यवस्थित तार व्यवस्थापन गर्न सहरी क्षेत्रमा युटिलिटी करिडोर बनाइने

टेकपाना टेकपाना

जेठ १५, २०८० १९:३०

अव्यवस्थित तार व्यवस्थापन गर्न सहरी क्षेत्रमा युटिलिटी करिडोर बनाइने

काठमाडौं । सरकारले पूर्वाधार व्यवस्थापनका लागि युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गर्ने भएको  छ ।

सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सहरी क्षेत्रको पूर्वाधार निर्माणका लागि युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गरिने बताएका हुन् ।

युटिलिटी करिडोरको अवधारणा अवलम्बन गर्दा सहरी क्षेत्रमा अव्यवस्थित रुपमा रहेका खम्बाका तार व्यवस्थापन हुने सरकारकाे अपेक्षा छ । साथै यसले पूर्वाधारका लागि हुने खर्चको दोहोरोपन हटाउन मद्दत पुग्ने मन्त्री डा. महतले विश्वास व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १९:३०